मानसिक स्वास्थ्य हाम्रो समग्र जीवनको महत्वपूर्ण पक्ष हो, तर शारीरिक स्वास्थ्य र उत्पादकतालाई प्राथमिकता दिने संसारमा यसलाई प्रायः बेवास्ता गरिएको पाइन्छ । मानसिक स्वास्थ्यले व्यक्तिको सोच, भावना, व्यवहार र सामाजिक सम्बन्धहरूलाई निर्देशित गर्दछ । विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्य केवल रोग नभएको अवस्थामात्र होइन, यसले व्यक्तिको समग्र भलाइ, क्षमता, र सामाजिक भूमिकासँग गहिरो सम्बन्ध राख्ने बताउँछ । हाम्रो जीवनमा प्राप्त अनुभव, सामाजिक सम्बन्ध, पारिवारिक संरचना र सांस्कृतिक परिवेशले हाम्रो स्वास्थ्यमा महŒवपूर्ण प्रभाव पार्छ ।
कामको दबाबदेखि सामाजिक सञ्जालको प्रभावसम्मका आधुनिक जीवनका जटिलतामा रुमलि“दै गर्दा हाम्रा मानिसक स्वास्थ्यको अवस्था ज्यादै नाजुक हुँदै गइरहेका छन् । कार्यक्षेत्रको वातावरण, राजनीतिक अस्थिरता, कमजोर व्यावसायिक वातावरण, आर्थिक मन्दी, बढ्दो महंगी, एकांकीपनलगायत सामाजिक तथा मनोवैज्ञानिक कारणबाट मानिसमा चिन्ता, तनाव, निराशा तथा डिप्रेसनजस्ता समस्या देखापर्न थालेका छन् ।
मानिसक स्वास्थ्य राम्रो हुनु भनेको केवल मानसिक रोग तथा दुर्वलताबाट मुक्त हुनु होइन, यो त स्वास्थ्यमूलक सोच, भावनात्मक सन्तुलन, आत्मसजगता र मनोसामाजिक सन्तुलनको अवस्था पनि हो । जब मानिस मानसिक रूपमा स्वस्थ हुन्छ, ऊ आफ्नो जीवनका लक्ष्यमा केन्द्रित रहन सक्छ, सम्बन्धहरू सुदृढ बनाउन सक्छ र कठिन परिस्थितिहरूमा पनि संयमित भएर आफू कार्यरत संस्था र आफ्नो परिवार सम्हाल्न सक्दछ ।
द्रुत गतिमा अगाडि बढ्दै गएको आजको समाजको जीवनशैली, सामाजिक प्रतिस्पर्धा, आर्थिक असमानता, पारिवारिक समस्या तथा डिजिटल संसारमा बढ्दो निर्भरता आदिले मानिसक स्वास्थ्यमा प्रतिकूल असर पारिरहेका छन् । तनाव, चिन्ता, निराशा, डिप्रेसन, आत्मग्लानीजस्ता अवस्था सामान्यजस्तै भएका छन् ।
बालबालिका, किशोरकिशोरी, युवादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहमा मानसिक समस्या सामान्यदेखि जटिल रूपमा देखापर्न थालेका छन् । बालबालिकाले आमाबाबुको माया, ममता र हेरचाह पाएका छैनन्, किशोरकिशोरी मायाप्रेम, सम्बन्ध जोडिने र छुट्टिने तथा अनिश्चित भविष्यका कारण पीडित छन्, युवा बेरोजगारी, वैदेशिक अध्ययन तथा नोकरीका प्रयासका कारण तनाव र निराशाबीच संघर्षरत छन् भने ज्येष्ठ नागरिक बेसहारा जीवन र त्यससँगै आउने विभिन्न किसिमका समस्याग्रस्त छन् ।
कतिपय अवस्थामा मानिस आफ्नो पीडा लुकाउने प्रयास गर्छन्, जसले समस्या अझ गहिरो र भयावह बनाउँछ । विभिन्न समय भएका अनुसन्धानमध्ये ‘टिचर र सामसोन’को सन् २०१६ को अध्ययनले मानसिक स्वास्थ्य अवस्था कमजोर हुनुमा बाल्यकालमा भएका यौन दुव्र्यवहार, घरेलु हिंसा, बेवास्ता वा कुनै पनि किसिमका गम्भीर आघात जिम्मेवार हुने उल्लेख गरेको छ ।
त्यस्तै, म्याकइविनको सन् २००४ को अध्ययनले ‘निरन्तर आर्थिक समस्या, पारिवारिक तनाव तथा पेशागत दबाबले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने’ उल्लेख गरेको छ । त्यसैगरी ‘कावाची’ र ‘बर्कम्यान’ले सन् २००१ मा गरेको अध्ययनले समाजबाट अलग हुने, एक्लोपन महसुस हुने वा सहयोग अभाव हुँदा मानसिक समस्या अझै बद्नसक्ने औंल्याएका छन् ।
दैनिक समस्या टार्नेदेखि सन्तानका रहर पूरा गर्न नसकि विदेश भासिएका नौजवानका घर उजाडिएका, कसैका शरीर बन्दबाकसमा घर आइपुगेका, बिचौलियाबाट ठगिएका समाचार आइरहँदा पनि विवश युवा सुनौलो सपना र रहर बोकेर फेरि उसैगरी लर्को लाग्दै छन् ।
‘माई रिपब्लिका’मा २ अगस्ट २०२४ मा उल्लेखित समाचारअनुसार सन् २०२३-२४ मा ७ लाख ४१ ह्जार २ सय ९७ नेपाली रोजगारीका लागि विदेशिएका छन् । त्यसैगरी ‘हिमाल प्रेस’मा १९ डिसेम्बर २०२४ मा प्रकाशित समाचारमा ‘विगत तीन दशकमा लगभग ६८ लाख नेपाली युवाले वैदेशिक रोजगारीमा जानका लागि अनुमति प्राप्त गरी दैनिक १ हजार ७ सय को संख्या’मा विदेसिएको उल्लेख गरेको छ ।
मानसिक स्वास्थ्यलाई यदि मानवजीवनको अपरिहार्य पक्ष मान्ने हो भने मानसिक स्वास्थ्य समस्या ल्याउने तत्वलाई निस्तेज, रोकथाम तथा नियन्त्रण गर्नुपर्दछ । परिवारभित्र खुल्ला संवादको संस्कृति विकास गर्न अभिभावकले भूमिका खेल्नुपर्दछ
हल, नेपालको कुल जनसंख्याको लगभग १४ प्रतिशत नेपाली विदेशमा कार्यरत छन् । यस्तो अवस्थामा घरमा आमाबाबुको बाटो कुर्ने कलिला छोराछोरीको मानसिक स्वास्थ्यको अवस्था, छोराछोरीको बाटो कुर्ने आमाबाबुको मानसिक स्वास्थ्यको अवस्था, श्रीमान् वा श्रीमतिको न्यानो मायाको प्रतिक्षा गर्ने जोडीको मानसिक स्वास्थ्यको अवस्था, चाडबाडमा दाजुभाइ र दिदीबहिनीको बाटो हेर्नेको मानसिक स्वास्थ्यको अवस्था ज्यादै टिठलाग्दो छ ।
‘यहीँ पढेर देशमै केही गर्छु’ भन्ने युवाको अवस्था झन् बढी दःुखदायी छ । समयमा परीक्षा नहुने र नतिजा प्रकाशन नहुने त नेपालको स्थायी शैक्षिक रोग नै हो । सँगैका साथीले विदेशमा आफूले भन्दा अगाडि एउटै तहको पढाई सकाएको र पढिरहँदा नै कमाएर घरमा पैसा पठाएको देखेर पुर्पुरो समाउने युवा थुप्रै छन् । बल्लबल्ल पढाई सकिए पनि रोजगारीको टुंगो छैन । घरपरिवारको जिम्मेवारी काँधमा छ, कमाइ छैन । सँगैका साथीको प्रगति र आफ्नो दुर्गति देखेर ऊभित्र निराशा, तनाव, चिन्ता, डिप्रेसन उत्पन्न हुनु स्वभाविक नै हो ।
देशका ‘कर्णधार’ भनिएका युवामा मानसिक स्वास्थ्यको अवस्था बिग्र“दै जानुमा दोष कसको ? भन्ने प्रश्न उनुत्तरित नै छ । यस्तो परिस्थितिमा एउटा व्यक्तिको असल व्यक्तित्व विकासको परिकल्पना गर्न सकिएला ? अझ डरलाग्दो प्रश्न त अब देशको विकास हुन्छ त ? केही वर्षपछि हामीसँग देश विकासका लागि चाहिने दक्ष जनशक्ति हाम्रै देशमा रहलान् त ? नेपालका प्रत्येक घरबाट लाश उठ्छ कि घरभित्रै गन्हाउँछ ? यी र यस्ता प्रश्न हरेक नेपालीका मन मस्तिष्कभित्र छन्, जसले नजानि“दो तरिकाले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरिहेका छन् ।
मानसिक स्वास्थ्यलाई यदि मानवजीवनको अपरिहार्य पक्ष मान्ने हो भने मानसिक स्वास्थ्य समस्या ल्याउने तत्वलाई निस्तेज, रोकथाम तथा नियन्त्रण गर्नुपर्दछ । परिवारभित्र खुल्ला संवादको संस्कृति विकास गर्न अभिभावकले भूमिका खेल्नुपर्दछ । सरकारले शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, उद्योग मन्त्रालय, युवा मन्त्रालय, समाजकल्याण मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायतबीच समन्वय गराई शैक्षिक जनशक्तिका लागि देशमा नै रोजगारी सिर्जना गर्नुपर्दछ ।
स्वरोजगार र उद्यमशिलतालाई प्रोत्साहन गरी कृषि, पर्यटन, सूचना प्रविधि, निर्माणलगायत अन्य सम्भावित क्षेत्रमा लगानी वृद्धि गरी विकासका ढोका खोल्नुपर्दछ । सबै उमेर समूहका व्यक्तिका साथी समूहलाई पारिवारिक तथा सामाजिक मान्यता र स्वीकृति दिनुपर्दछ, जसले मनभित्र गुम्सिएका पीडा बाहिर ल्याउन मद्दत गर्दछ । चिल्ड्रेन पार्क, फन पार्क, ज्येष्ठ नागरिक पार्कजस्ता मनोरञ्जनात्मक पार्क स्थापना गरी मानसिक तन्दुरुस्ती विकासमा स्थानीय सरकारले ध्यान दिनुपर्दछ ।
हाम्रा विश्वविद्यालयको शैक्षिक प्रणालीमा सुधार गरी समयसापेक्ष शिक्षण विधि तथा समयमा परीक्षा र तत्काल नतिजाको प्रणाली विकास गर्नुपर्दछ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनःस्थापना गर्नका लागि उद्यमशिलतासम्बन्धी तालिम तथा आर्थिक अनुदानसहित प्रोत्साहन व्यवस्था गर्न सकियो भने वर्तमान समयका मानिसका मानसिक स्वास्थ्य सुधार गरी स्वस्थ र सभ्य समाज निर्माण गर्न सकिन्छ ।
समाजको तीव्र गतिशीलता, आर्थिक संकट, शिक्षा तथा रोजगारीको अस्थिरता र सामाजिक विघटनले नेपाली जनताको मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याएको छ । यस्तो अवस्थामा समाधान पनि सामाजिक, संरचनागत, नीतिगत र व्यक्तिगत तहमा संयुक्त रूपमा खोज्नुपर्छ । यदि हामीले मानसिक स्वास्थ्यलाई विकासको मेरुदण्ड ठान्न थाल्यौं भने मात्र हाम्रो समाज, देश र भावीपुस्ता सुरक्षित, स्वस्थ र सक्षम बन्नक्छ ।
समयको तीव्र गतिशिलतासँगै आधुनिक समाज पनि तीव्र गतिमा अघि बढिरहेको छ । समाजको गतिशिलतासँगै आर्थिक संकट, शिक्षा तथा रोजगारीमा देखापरेको अस्थिरता, पारिवारिक तथा सामाजिक विघटन, वृद्धावस्थाको एकांकीपन, विदेश पलायन, राजनीतिक अस्थिरता, बढ्दो आकांक्षा, सामाजिक सञ्जालको अनावश्यक र अनियन्त्रित प्रयोग, पश्चिमी संस्कृतिको नक्कल, धनी बन्ने रहर, सामाजिक तथा पारिवारिक विचलन र सम्बन्धमा देखापरेको चिसोपनाजस्ता कारण मानसिक स्वास्थ्यमा समेत विचलन देखापरेको छ ।
नियमित सन्तुलित भोजन, व्यायाम, योग, ध्यान र सकारात्मक चिन्तनलाई नित्यकर्म बनाई स्वस्थ जीवनयापन गर्न सकिन्छ । सरकारी पक्षबाट समेत समय–समय विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम, पोषण सहयोग कार्यक्रमजस्ता कार्यक्रम भइरहेका छन्, यसको समेत लाभ लिई मानवजीवन खुसी र सुखी बनाउन सकिन्छ ।
[email protected]
(Visited 19 times, 1 visits today)