चीन जाँदै युनुस, राष्ट्रपतिसँग भेटवार्ता गर्ने



प्रकाशित मिति : चैत्र ४, २०८१ सोमबार

बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन्।

छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समयमा उनको चीन भ्रमण हुन लागेको हो ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले गत अगष्टमा भएको विद्यार्थी आन्दोलनबाट पदच्युत भएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्थानमा बङ्गलादेशको बागडोर सम्हालेका हुन् ।

चीन जाँदै युनुस, राष्ट्रपतिसँग भेटवार्ता गर्ने

चीन जाँदै युनुस, राष्ट्रपतिसँग भेटवार्ता गर्ने

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको बहिर्गमनले भारतसँगको सीमापार सम्बन्धलाई सङ्कटमा पारेको समय युनुस नेतृत्वको कामचलाउ सरकारले एसियाली उपमहाद्वीपमा सत्ता र प्रभावका लागि नयाँ दिल्लीको प्रमुख प्रतिद्वन्द्वी बेइजिङसँगको पूरानो मित्रतालाई प्रगाढ बनाउन लागेको विश्लेषकहरूले बताएका छन् ।

युनुसका सञ्चार सचिव शफिकुल आलमले आइतबार पत्रकारसँग भने, “बङ्गलादेशले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य राखेको छ ।”

“युनुस र चिनियाँ उच्च अधिकारीबीच दुवै मुलुकसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ,” उनले भने ।

युनुसले मार्च २६ देखि २९ सम्म हुने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीनमा रहँदा उनलाई पेकिङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने साथै लगानीका अवसरहरूको खोजी गर्न विभिन्न चिनियाँ फर्महरूसँग भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ ।

चीन जाँदै युनुस, राष्ट्रपतिसँग भेटवार्ता गर्ने

“बङ्गलादेश निर्माण क्षेत्र ९म्यानुफ्याक्चरिङ हब० बन्न चाहन्छ र यो प्रयासमा चीनसँग साझेदारी गर्न इच्छुक छ,” आलमले भने ।

सन् २०१७ मा छिमेकी मुलुक म्यानमामा भएको हिंसात्मक सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीको विशाल जनसङ्ख्याबारे पनि कूटनीतिक वार्ताबाट छलफल हुने अपेक्षा गरिएको छ ।

चीनले विगतमा बङ्गलादेश र म्यान्माबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ । यसले उत्पीडनमा परेका अल्पसङ्ख्यक समुदायलाई स्वदेश फर्काउन मध्यस्थता गरेको थियो यद्यपि, म्यान्माले उनीहरूलाई फिर्ता गर्न आनाकानी गरेका कारण शरणार्थीको फिर्ती प्रयासहरू अवरूद्ध बनेका छन् ।

बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले गत जनवरीमा चीनको भ्रमण गरेका थिए ।

बङ्गलादेशका लागि चीनका राजदूत याओ वेनले गत महिना बङ्गलादेशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र गरिमालाई अक्षुण्ण राख्न बेइजिङको दृढ समर्थन रहेको बताएका थिए ।





Source link

Leave a Comment