चीनमा विवाह गर्नेहरुको संख्या निरन्तर घट्दै



प्रकाशित मिति : माघ २८, २०८१ सोमबार

चीनमा विवाह गर्नेहरुको कमी हुन थालेको छ । सन २०२४ मा २० प्रतिशतको सङ्ख्यामा विवाह गर्नेहरुको कमी आएको त्यहाँको सरकारले बताएको छ ।

यो अवस्थाले चीनमा जनसंख्याको कमी निरन्तर हुने संभावना बलियो बनाएको छ । चीनले युवाहरुलाई विवाहप्रति आकर्षण गराउनका लागि सरकारले बिभिन्न कार्यक्रम ल्याएपछि त्यसतर्फ युवाहरुको चासो मोडिएको देखिदैन ।

सन् २०२४ मा ६१ लाख दम्पतीले विवाह दर्ता गराएका थिए । यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो । सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको छ।

चीनमा विवाह गर्नेहरुको संख्या निरन्तर घट्दै

सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो । चीनको १ अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ्यौलीमा परिणत भइरहेको छ ।

गत वर्षको अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसङ्ख्या करिब एक चौथाई रहेको छ। हालैका वर्षहरूमा बेइजिङले सुरु गरेको परिवार समर्थक अभियानको बावजुद पनि विवाहमा गिरावट आएको देखिएको हो ।

अभियानमा विभिन्न अनुदानहरू र सन्देशमार्फत् मानिसहरूलाई दुई वा सो भन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गरिएको छ ।

तर शिक्षा र बच्चाको हेरचाहको लागि हुने उच्च लागत र नयाँ अवसरको पर्खाइमा चुनौतीपूर्ण रोजगार बजार आमाबाबुलाई धेरै बच्चा बनाउन निरुत्साहित गर्ने कारकहरूमध्ये एक हो।

सन् १९८० को दशकमा जनसङ्ख्या वृद्धिद् उच्च बनेपछि चीनले ‘एक सन्तान नीति’ लागू गरेको थियो। यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो । दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो ।

चीनमा विवाह गर्नेहरुको संख्या निरन्तर घट्दै

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घट्दो विवाहले आगामी वर्षहरूमा पेन्सन र सार्वजनिक स्वास्थ्य प्रणालीमा दबाब बढाउने खतरा छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School