चीनको अर्थतन्त्रले खराब अवस्थाको सामना गरिरहेको राष्ट्रपति सीको भनाइ


चीनको अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नु परिरहेको देखिएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा हुने प्रमुख राजनीतिक बैठकअघि प्रकाशित एक लेखमा देशको अर्थतन्त्रले अझै पनि ‘थुप्रै कठिनाइ’ को सामना गरिरहेको बताएका हुन ।

“अहिले बाह्य वातावरणमा आएको परिवर्तनको प्रतिकूल प्रभावका कारण चीनको अर्थतन्त्रले अझै पनि थुप्रै कठिनाइ र चुनौतीको सामना गरिरहेको छ,” सीले स्वीकार गरेका छन ।

सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका किउशीमा प्रकाशित लेखमा चिनियाँ अर्थतन्त्रबारे यो धारणा उनले बाहिर ल्याएका हुन ।

असङ्ख्य फाइदाहरू, सशक्त लचिलोपन र विशाल क्षमताका साथ चीनको आर्थिक आधारहरू ले काम गरिरहेको राष्ट्रपति सीले उल्लेख गरेका छन ।

चीनको राजनीतिक नेतृत्वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र व्यापारमा देखिएका जोखिमबाट रुग्ण अर्थव्यवस्थालाई जोगाउने योजनाहरू तयार पार्ने अपेक्षा विश्लेषकहरूले गरेका छन्।

सन् २०२५ का लागि आर्थिक वृद्धिको लक्ष्य तय गर्ने क्रममा बुधबार नेसनल पिपुल्स कङ्ग्रेस ९संसद० सुरु हुँदैछ । उक्त बैठकको उद्घाटन प्रधानमन्त्री ली कियाङले गर्नुहुनेछ ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School