चिसोको मौसम खतराको घण्टी : RajdhaniDaily.com


माछालाई पनि जाडो लाग्ने मौसम चिसो, मीनपचासको समय सुरु भएको छ र घरघरमा बिरामीहरू बढेका छन्, अस्पतालहरू खचाखच छन् । पंक्ति तयार गरिरहँदा कुनै एक व्यक्तिले श्रीमतीलाई सन्चो नहुँदा ट्याक्सीमा राखी अस्पताल लग्दै गर्दा अस्पताल लग्ने श्रीमान्सहित श्रीमतीको मृत्यु अस्पताल नपुग्दै भएको खबर आएको छ । पर्यटनमन्त्री हवाई दुर्घटनामा मृत्यु हुने र सामान्य रुघाखोकीले स्वास्थ्य सचिव मर्ने देश हो हाम्रो । बाँकी कुरो त असोज ११, १२, कोभिड, डेंगुहरूलाई सम्झँदा नै पर्याप्त हुन्छ । हाम्रो देशमा दल सुरक्षित छ, संघीयता र गणतन्त्र सुरक्षित छ तर देश र जनता सुरक्षित छैनन्, सुरक्षित गर्ने संयन्त्रहरू नेतृत्वले बनाउनै चाहेन । बाटो प्वाल परेजस्तै प्रशासनयन्त्र, स्वास्थ्य संयन्त्र र विकासमा धाँजा फाटेको छ, मेसिनरीहरूमा खिया लागेको छ । दल सुरक्षित राख्न भरखरै कीर्तिपुरमा मीनभवन बनाउने बाटो खुलेको छ, अरूलाई पनि बाटो खुल्छ अब । हात्ती आयो हात्ती आयो फुुस्सा हाम्रो संविधानले नै यो परिवेश निर्माण गरिदिएको छ, कोही भाग्न सफल छन्, सहकारी रकम कुम्ल्याएर, ठूलैमाथि विदेशमा लगानी भएको आरोप लगाउने, दलबाटै बिच्किएर पर पुगेका अभियन्ता अहिले चिसो ाछँडीमा रहेका छन् ।

मंसिरदेखि नै मौसम अनुकूल छैन, चिसो बढेसँगै प्रदूषणले बोर्डरलाइन काटेको छ । यो एक वर्षको मात्रै कुरो होइन, प्रदूषण नियन्त्रण गर्न इन्धन आयात बिन्दुमै उठाइएको कर सरकारी खातामा थुप्रिएर बसेको छ, काम रत्तीभर भएको छैन, यो आर्थिक वर्षदेखि सरकारले हरित कर पनि त्यहीँ थपेको छ केका लागि स्पष्ट छैन, पूर्वाधार कर लिएको राशि धेरै भइसक्यो बाटाघाटामा पहिरो नगएको र दुर्घटनामा परी मान्छे नमरेको दिन छैन, रात छैन, प्रिकसन के हो र के गर्दा जनशक्ति खेर जान दिनु हुन्न सरकारलाई थाहा छैन । सरकारको ध्येय जसरी पनि कर उठाउने, जनता निकासी गर्ने, निकासी गर्न नसकेर डिपोट भई फर्केकालाई केस नलाग्ने अरूलाई केस लाग्ने लोकतन्त्र पालेका छौँ हामीले । लोकतन्त्रको आगमनसँगै होनहार युवा देशमा छैनन् विदेशबाट आएको तिनले पठाएको विप्रेषणले लोकतन्त्र डकार्दै छ, ढ्याउ ढ्याउ गर्दै छ, यो ग्यास्ट्रिकको संकेत होइन उसलाई ।

पंक्तिकारलाई गएको साता शुक्रबारका दिन रातभरि छातीमा असह्य पीडा भयो, शनिबार उज्यालो नखस्दै वीर अस्पतालको इमर्जेन्सी कक्षमा पुग्यो । जनशक्ति सबै व्यस्त थिए, जो जति थिए । डा. राकेश रहेछन्, उनलाई भेट्नुपूर्व दुइटी नर्सलाई आफनो कुरो राखेँ । उनीहरूले केही सर्टेन टेस्टहरू गराउने कुरो गरे तर सबै सेक्टरतिर आपैंm जानुपर्ने, एकद्वार प्रणाली नभएको र छरिएर रहेका युनिटहरू सबै घुमेर पेपर तयार गर्न झन्डै दुई घन्टा लाग्यो । अल्ट्रासाउन्ड, चेस्ट एक्सरे, ईसीजीसम्मलाई ठूलो युद्ध गर्नुपरेको जस्तो लागेन तर इमर्जेन्सी ब्लड ल्याबले झन्डै चार घन्टा लगायो रिपोर्ट दिन । हालसम्म आएका रिपोर्टहरू सामान्य नै रहेछन्, तर छाती असह्य दुखेको कारण रगतमा बोसो बढेर हुन सक्छ, रगतको रिपोर्ट नआई दुखेको कारण भन्न सकिन्न भने डाक्टरले । इमर्जेन्सी ल्याबबाट बढीमा आधा घन्टामा रिपोर्ट दिने गरेको थियो पहिले, अहिले किन यत्रो त्रास दिएको भनेर ल्याबमा रहेकी एक महिलासँग कड्किएँ म । उनले भनिन्— मेसिनले काम गरेन । बिहानदेखि तपाईंले रिपोर्ट दिइरहेको यसमा समस्या किन ? भनेर भन्दा उनको जवाफ पहिलेकै रह्यो, घन्टौँ कुरेर रिपोर्ट आयो, ब्लडमा पनि खासै समस्या रहेनछ ।

यसको मूलध्येय के हो भने रिपोर्ट सबै राम्रो हुँदा पनि बिरामी बिरामी नै हो, पीडा भइरहेको हुन्छ, यसमा मौसमलाई दोष दिनुपर्ला । चिसो मौसममा हिँडडुल कम हुने, शरीर चलायमान नहुने, शारीरिक व्यायामको कमी, बिहान सबैरै अमृत बेलामा उठेर न्यास, ध्यान, पूजा, योग पूर्वी धर्म दर्शनअनुसार काम धेरै गर्न नसकिने, बिहानीको भ्रमण पनि खासै गर्न नसकिने, मास्क नलगाई हिँडडुल गर्न नहुने, मास्क लगाउँदा पनि आप्mनै कार्बनडाइअक्साइड शरीरमा फर्कने खासगरी मधुमेह, उच्च रक्तचापका बिरामी अन्य दीर्घरोगी, दम छातीको समस्या हुने, बालबालिका, अशक्त, वृद्धहरूका लागि यो समय निकै खतरायुक्त नै हुन्छ । युवा जोस जाँगर भएका कसैले त भित्री ज्याकेट पनि लगाउँछन्, त्यो तरल ज्याकेटले शरीर गर्माउँछ रे । अनि माछामासु नखाने, सादा खाना र फलपूmलमा रहनेलाई यो मौसम अति प्रतिकूल छ, व्यावहारिक अनुभव पनि हो यो । मधुमेहको कारण जीउलाई चलायमान राख्नुपर्छ भन्ने विज्ञहरूको राय र आपैmँ पनि आयुर्वेद र एलोपेथीसँग दशकौं ती संयन्त्रहरूसँग घुलमिल गरिआएको सन्दर्भमा बेलुकाको खानापछि पनि शरीर चलायमान गर्नुपर्छ, सके बाहिर हिँड्ने, नसके घरको छतमै भए पनि आधा घन्टा चन्द्र, तारा, आकाशसँग भुल्ने आँखाले दूरसम्म हेर्ने प्रयास गर्ने, वरिपरि घुमेर सुगरलाई सकेसम्म सन्तुलित राख्ने, अन्य मौसमको भैंm कर्म गरिरहँदा यो मौसममा त्यो पनि सहज नहुँदो रहेछ ।

खानपिन र दिनचर्या, अनि मोबाइल र कम्प्युटरमै लामो समय व्यतीत गर्ने आदत छ हाम्रो । लगातार स्क्रिनमा बसिरहँदा शरीरलाई घात हुन्छ मुटु, आँखा, छाती बिगार्छ र सुगरलाई पनि सन्तुलन गराउँदैन । हामी जति समय बस्छौं सिटमा त्यति समय उठ्नु पनि पर्छ, रक्तसञ्चार गराउन पनि, मसलहरूलाई तन्काउन पनि

खासगरी प्रेसर, सुगरका बिरामीले औषधिबाट कन्ट्रोल गर्ने भनेको एकचौथाइ मात्रै हो, अर्को एकचौथाइ रोगको कन्ट्रोल खानपानले हुने हो र अर्को एकचौथाइ शारीरिक अभ्यासले, बाँकी एकचौथाइ पूर्ण सकारात्मक सोच, सकारात्मक ऊर्जा आप्mनै शरीरभित्र पैदा गरेर रोगसँग लड्ने क्षमता, मानसिकता बढाउने हो । जिन्दगी अस्थायी छ, हाम्रा अगाडि कति आए गए, तिनको दृश्य हेरेर जीवनलाई सकेसम्म सार्थक बनाउने, उपकारी काम गर्ने, उमेरको वृद्धिसँगै देशले, समाजले, अरूले मलाई के दिए भन्नुभन्दा पनि मैले के दिन सकेँे भन्ने विचार राख्ने हो । खानैका लागि त पशुपन्छी बा अन्य योनिहरू छँदैछन् मानव योनि खासगरी उपकारबाट, ईश्वर भक्तिबाट आपूm प्रसन्न रही आयु वृद्धि गर्न प्रयास गर्ने हो । अहिले पनि कतिपय आश्रमहरूमा देखिन्छ सामान्य १०–२० हजार आम्दानी हुनेले पनि हजारौंहजारका सामान दिएर अनाथ, पीडित, असहायहरूलाई बाँडेको । वास्तवमा दे उता को नाम देवता हो र नमरीकनै स्वर्ग यस्तै कहाँबाट मिल्ने हो, मृत्युपछिको स्वर्ग अस्पष्ट कुरो हो ।

प्रसंग मेडिकल रिपेर्टकै छ, रिपोर्टहरू सबै राम्रो आउँदा पनि शरीर स्वस्थ छ भन्न मिल्दो रहेनछ । तिहारपछि होलबोडी चेक गराएका र सबै रिपोर्ट राम्रो आएका एक मित्र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अकस्मात् बिरामी परे गएको हप्ता । टिचिङ हस्पिटल पुगे मुटुको समस्या भन्दै, मनमोहन कार्डियोथेरासिक रेफर भए । दुई दिन गरेर एनजिओप्लास्ट गराए । रक्तनली ब्लक भएको भन्दै अपरेसन गरे, हृदयाघात भई उनी अस्पताल पुगे । यस्ता केसहरू अन्यान्य धेरै छन् । मूलतः यो मौसममा तातो झोलिलो पदार्थहरू सेवन गर्ने, हल्का भोजन सन्तुलित रूपमा गर्ने, खानाको मात्रा मिल्न जरुरी छ । हामी पहिले भात खान्छौं, यो कार्बो हो, भात खाँदा पनि कार्बो कम खाने, अन्य रेसादार, प्रोटिनयुक्त खाना पहिले खानेबीचमा भात खाने, मानौं कार्बोलाई प्रोटिन, मिनरल, क्याल्सियमले बेरेर शरीरभित्र हालेको अन्दाज गर्नुपर्छ । खाना खानुअघि डेढ दुई घन्टा पानी नपिउने, खानामा पनि पानी अति कम गर्ने किनकि दाल, सुपहरू, सलादलगायतका सन्तुलित खानामा पानीको मात्रा भई नै हाल्छ ।

खाएको दुई घन्टापछि मात्रै पानी पिउने, बुढेसकालसँगै एकैपल्ट धेरै पानी नपिउने, खटाई खटाई पानी लिने, बेलुकीको खाना पछि पनि दुई घन्टा नबिती नसुत्ने, ६, ७ बजेसम्म खाना खाइसक्ने, शरीर बांगो हुने गरी नबस्ने, अरू बेला पनि ढाडको हड्डीलाई सीधा राख्ने पोजिसनमा काम गर्ने, एकैपल्ट ठूूूूूूलो तौल नउचाल्ने, दीर्घरोगीहरूले चिकित्सकले दिएको औषधिमा लापरबाही नगर्ने, भोजभतेर सकेसम्म एभ्वाइड गर्ने, जानैपरे कमभन्दा कम खाना लिएर औपचरिकता पु¥याउने, शरीरले सक्ने अभ्यास नियमित गरिरहने, सबै रोगको जड पछाडिको हड्डी नै हो, सबै अंगका नसा यसैमा आबद्ध हुन्छन् ब्रेनसम्मका, गर्धन एकदमै संवेदनशील अंग हो, थाइराइडको समस्या हुनेले पनि नियमित ३ महिनामा चेकअप गराउनुपर्छ । सुगरका बिरामीले ३ महिने एचबीए वान् सी चेक गराउनुपर्छ, अंक ६ नाघे खतराको घन्टी बज्छ, लिपिड प्रोफाइल गरेर सुगरको चेक गर्नुपर्छ, रगतमा बोसो धेरै जम्न दिनु हुन्न, त्यसले मिर्गौलालाई ड्यामेज गराइदिन्छ, आँखाका रेटिना बिगारिदिन्छ ।

पुरुषका लगि उमेर बढेसँगै पिसाबको समस्या बढ्छ, छिनछिनमा पिसाब लाग्ने, शौचालय पुग्नै नभ्याउने, गयो सबै पिसाब नआउने, रोकिने, केही बेरमै फेरि शौचालय जाऊँ लाग्ने हुन्छ । यसको मूल कारण किड्नीबाट झरेको पिसाब मूत्रथैलीमा जम्मा हुने र पिसाब नलीसँग बसेको प्रोस्टेड ग्लान्ड वृद्धि हुँदा थैलीबाट पिसाब आउने बाटो अवरोध गर्छ । ओखर आकारको प्रोस्टेड, यौनइच्छा कम भएसँगै यो निष्क्रिय हुन्छ, त्यसमा एैंजेरु पलाउन थाल्छ, आकारमा वृद्धि हुन्छ, हिँडडुलले पनि त्यसको सक्रियता हुन्न, आइडल बसेसँगै त्यसको आकार बढेर पिसाब नलीलाई थिच्न थाल्छ । नली साँघुरो हुन्छ र सबै पिसाब एकैपल्ट बाहिर आउन पाउँदैन, थैलीमै बसिरहने हुँदा पटकपटक पिसाब लाग्छ, थोपाथोपा कपडामै चुहिन सक्छ, रक्त मिश्रित हुन सक्छ, पीडा हुन्छ । सामान्य यसको आकार २५ ग्राम हो, ३० सम्मलाई ठूलो असहजता हुन्न युरिमेक्सलगायत चिकित्सकको सलाहअनुसारको नियमित औषधिले नियन्त्रण गर्न सक्छ । असह्य भएमा अपरेसनमै जानुपर्ने हुन्छ, क्यान्सर पनि हुन सक्छ । पानी कति पिउने भन्ने सन्दर्भमा दिनमा नाप्न मिल्ने गरी ढाई लिटर पिसा फाल्ने गरी पानी र अन्य दाललगायतका झोलिला पदार्थ सेवन गर्नु जरुरी छ ।

प्रोस्टेड सन्तुलनका विभिन्न आसनहरू छन् जसलाई प्रत्यक्ष गरेरै देखाउनुपर्ने हुन्छ । हाम्रो धर्म दर्शनले बताएको षट्चक्र शोधन गर्न नसकेकाले अहिले जताततै रोगी देखिएको अवस्था हो । खानपिन र दिनचर्या, अनि मोबाइल र कम्प्युटरमै लामो समय व्यतीत गर्ने आदत छ हाम्रो । स्क्रिनमा आधा घन्टा बसेपछि, एक डेढ मिनेट उठ्नुपर्छ हल्का हिँड्नुपर्छ, लगातार स्क्रिनमा बसिरहँदा शरीरलाई घात हुन्छ मुटु, आँखा, छाती बिगार्छ र सुगरलाई पनि सन्तुलन गराउँदैन । हामी जति समय बस्छौं सिटमा त्यति समय उठ्नु पनि पर्छ, रक्तसञ्चार गराउन पनि, मसलहरूलाई तन्काउन पनि । कामको व्यस्तताले हामीले स्वास्थ्यलाई ध्यान दिन सकेनौं रोग बढेको छ, घरैपिच्छे औषधि पसल खुलेका छन्, वास्तवमा अघि नै भनियो रोगलाई घटाउने औषधिले एकचौथाइ मात्रै हो, । स्वास्थ्य नै धन हो, मानव पुँजी हो । राज्यले पनि यो विषयलाई गम्भीर रूपमा लेओस्, धन खेर गए कमाइएला फेरि जन खेर गए कसरी पूर्ति गर्ने यसै पनि जनसंख्या वृद्धिदर उल्टो र घट्दो छ ।

(Visited 34 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School