चिनियाँ समानहरूमाथि अमेरिकी कर १४५ प्रतिशत



प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा लागू हुने ट्यारिफलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत बनाएको छ।

अमेरिकी प्रशासनका अनुसार पहिले घोषित १२५ प्रतिशतमा पहिलेदेखि लागू २० प्रतिशत ट्यारिफ समावेश थिएन, जुन अब थपिएर कुल १४५ प्रतिशत पुगेको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्यारिफ १२५ प्रतिशत बनाउने बताएका थिए। तर, पछिल्लो निर्णयले यो दर अझ बढेको छ। जवाफमा, चीनले अमेरिकी सामानहरूमाथि ८४ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरिसकेको छ ।

चिनियाँ समानहरूमाथि अमेरिकी कर १४५ प्रतिशत

चिनियाँ समानहरूमाथि अमेरिकी कर १४५ प्रतिशत

यसैबीच, ट्रम्पले आफ्नो व्यापक ट्यारिफ योजनामा परिवर्तन गर्दै चीनबाहेक अन्य देशहरूमाथि लागू हुने उच्च ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन्। यद्यपि, यो अवधिमा सबै देशहरूमाथि १० प्रतिशतको आधारभूत ट्यारिफ भने कायम रहनेछ।

यो नीतिले विश्व बजारमा अस्थिरता ल्याएको र वैश्विक व्यापारलाई खल्बल्याउने खतरा उत्पन्न गरेको भन्दै उनले यो कदम चालेका हुन्।





Source link

Leave a Comment