चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान

चिनियाँ राजदूतको दाबी : सुनकोशी मरिन आयोजनामा बन्यो विश्व कीर्तिमान


१४ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ ।

राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उनले दाबी गरेका छन् ।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । सन् २०२३ मा समेत सोही कम्पनीले १२ सय मिटर सुरुङ खनेर रेकर्ड राखेको उनले बताएका छन् । निर्माण कम्पनीले दैनिक ७२.६८ मिटर सुरुङ खन्दै अर्को रेकर्ड राखेको राजदूतको दाबी छ ।

सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्यांक नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताए ।

अबको एक देखि डेढ महिनामा ‘ब्रेक थ्रु’ हुने उनको भनाइ छ । अब १.१ किलामिटर सुरुङ खन्न बाँकी छ । यहाँ कुल १३.३ किलोमिटर सुरुङ खन्नु पर्ने छ । यो आयोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ ।

यो आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिञ्चाई सुविधा पुर्‍याउने उद्देश्य छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School