चितवनको सनराईज सहकारीका सञ्चालक रिमाल पक्राऊ

चितवनको सनराईज सहकारीका सञ्चालक रिमाल पक्राऊ


चितवनको सनराईज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ठगी गरेको आरोपमा पक्राऊ परेका छन्।

छ सय बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष नरेन्द्र कुमार रिमाल र सचिव योगेन्द्र पाण्डे पक्राऊ परेका हुन्।

लामो समयदेखि फरार रहेका उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीबाट आइतबार पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरुलाई नवलपरासीको छिपछिपे सहकारीमा पनि रकम हिनामिना गरेको आरोप लागेको छ। अहिले नवलपरासीमा रहेका उनीहरुलाई चितवन ल्याउने प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ।

चितवनको लायन्सचोक, विकासचोक, चनौली र पार्वतीपूरमा कार्यालय स्थापना सहकारीले कारोबार गर्दै आएको थियो। करिब एक वर्षभन्दा अघिदेखि सहकारीका सञ्चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अहिलेसम्म सनराईज सहकारीका छ सयभन्दा बढी बचतकर्ताले ठगीको भन्दै उजुरी दिएका छन्।

उनीहरूको करिब ३३ करोड रुपैयाँ रकम सहकारीमा फसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए। उजुरी दिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने उनले बताए। यस सहकारीका सञ्चालक समितिका अध्यक्ष रिमाल सहित उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो।

प्रकाशित: २७ चैत्र २०८० १९:११ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School