चाइना साउदर्न एयरलाइन्सको नेपालमा उडान सङ्ख्या थप, चिनियाँ पर्यटक आगमन बृद्धि

चाइना साउदर्न एयरलाइन्सको नेपालमा उडान सङ्ख्या थप, चिनियाँ पर्यटक आगमन बृद्धि



प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार

चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौँ उडानको आधिकारिक थप उडानको क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

मन्त्री तामाङले आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो ।

ग्वान्जाओबाट काठमाडौँ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौँबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक रात ११ बजे काठमाडौँ अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसहित चीनका चार एयरलाइन्सले काठमाडौँ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चाइना साउदर्न एयरलाइन्सको नेपालमा उडान सङ्ख्या थप, चिनियाँ पर्यटक आगमन बृद्धि

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार आठ सय ७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

यसैबीच अमेरिका चीन उडानहरू पनि सामान्य अवस्थामा फर्कन एक कदम नजिक छन्। अमेरिकाको डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनले ले चीन अमेरिकाको लागि उडान फ्रिक्वेन्सीलाई अनुमोदन गरेकोपछि उडानसंख्या ३५ बाट बढेको थियो । यद्यपी कोरोना महामारीभन्दा अगाडिको अवस्थाको तुलनामा भने अमेरिकाबाट चीनमा एकतिहाईमात्र उडानहरु भइरहेका छन् ।

चाइना साउदर्नको न्युयोर्कको जोन अफ केनेडीबाट उडान कम हुँदा नेपाल जान चाहने यात्रुहरुसमेत अन्य एयरलाइन्समा महँगो भाडा तिर्न बाध्य भइरहेका छन् । चाइना साउदर्नले गत डिसेम्बरबाट हरेक शनिबार र बिहिबार हप्तामा २ वटा उडानहरुमात्र सुरु गरेको थियो ।  यद्यपी चाइना साउदर्नले सान फ्रान्सिस्को र लस एन्जलसबाट भने उडान गरिरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School