घरमा आगलागी हुँदा लाखौंको क्षति


खाना पकाउने क्रममा चुल्होबाट आगो अनियन्त्रित भई आगलागी हुँदा ताप्लेजुङमा एक घर जलेर नष्ट भएको छ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं-२ फूलबारीस्थित रमितेमा हर्कबहादुर थापाको दुई तल्ले घर जलेर नष्ट भएको हो।

आगलागीबाट झण्डै साढे एघार लाख रुपैंया बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट घर, घरमा रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात तथा नगद ३० हजार रुपैयाँ, दुई तोला सुन सहित जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८० १८:३१ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School