ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासीलाई डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासी बालबालिकालाई जबरजस्ती फिर्ता पठाउन रोक लगाएका छन् ।

वकिलहरूले ती बालबालिकालाई विमानमा चढाएर ग्वाटेमाला पठाउन लागिएको भन्दै उजुरी दर्ता गरेपछि न्यायाधीश स्पार्कल सुकेकोनानले अस्थायी रूपमा रोक लगाउने आदेश दिएकी हुन् । वकिलहरूको भनाइअनुसार, ग्वाटेमालामा ती बालबालिका दुर्व्यवहार र उत्पीडनको जोखिममा पर्न सक्थे ।

यी बालबालिकाहरू एक्लै अमेरिका पुगेका थिए र अहिले सरकारको संरक्षणमा छन् । उनीहरूको आप्रवासनसम्बन्धी दाबीको अमेरिकामा मूल्याङ्कन भइरहेको छ ।

ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासीलाई डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासीलाई डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले भने बालबालिकालाई निर्वासन नभई “पुनर्मिलन”का लागि पठाइँदै गरेको दाबी गरेका थिए ।

आप्रवासी अधिकारकर्मी समूहहरूले आपत्कालीन आदेश माग गर्दै करिब ६०० बालबालिकालाई टेक्सासबाट विमानमार्फत ग्वाटेमाला पठाउन सकिने दाबी गरेका थिए । त्यसपछि न्यायाधीश सुकेकोनानले पहिलो आदेश जारी गर्दै १० देखि १७ वर्ष उमेरका १० बालबालिकालाई पठाउन रोक लगाइन् ।

आकस्मिक सुनुवाइमा उनले आदेशलाई विस्तार गर्दै सबै जोखिममा रहेका नाबालिग आप्रवासीहरूलाई समेट्ने गरी १४ दिनसम्मको अस्थायी प्रतिबन्ध जारी गरिन् ।

सुनुवाइमा न्यायाधीशले ट्रम्प प्रशासनका वकिलहरूसँग विमान उडिसकेको हो कि भनेर प्रश्न गरिन् । न्याय सहायक उपमहानिर्देशक ड्र्यु एन्साइनले सबै विमान अमेरिकामा नै रहेको र एउटा उडे पनि पुनः फर्किएको बताए ।

उनले यो प्रक्रिया निर्वासन नभई परिवारसँग पुनर्मिलनका लागि भएको र ग्वाटेमाला सरकार तथा परिवारकै अनुरोधमा गरिएको दाबी गरे । तर, अधिकारकर्मीहरूले यो दाबी असत्य भएको बताएका छन् ।

ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासीलाई डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

वकिलहरूले अदालतमा दर्ता गरेका कागजातमा यो कदम संघीय कानुनको उल्लङ्घन भएको उल्लेख गरिएको छ । अमेरिकामा एक्लै आएका बालबालिकालाई सुरक्षा दिने व्यवस्था रहेको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि आफ्नो चुनावी वाचा अनुसार कागजातविहीन आप्रवासीहरूलाई हटाउन ठूला कदम चाल्दै आएका छन् ।





Source link

Leave a Comment