ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प



प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प

ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा अगस्तका लागि सामान्य अग्रता कायम भएको छ । सोमबार सार्वजनिक भिसा बुलेटिन अनुशार अगस्तमा १ अप्रिल २०२५ अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् । अघिल्लो महिनाको तुलनामा यो मितिमा १ महिनाको अग्रता कायम भएको हो ।

त्यस्तै अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि सामान्य परिवर्तन भएको छ । १ जनवरी २००९ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले अगस्त महिनामा ग्रिनकार्ड आवेदन सक्नेछन् । यो श्रेणीमा झण्डै ४ महिनाको अग्रता कायम भएको हो । यद्यपी यो श्रेणीमा ग्रिनकार्ड प्रकृया लामो समय लाग्ने भएकाले अमेरिकाभित्रै बसेर ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा गर्नेहरु निकै कम छन् ।

परिवारमा आधारित अन्य श्रेणीमा भने ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। जसका कारण अमेरिकाभित्र हुनेहरुका सन्दर्भमा ग्रिनकार्ड फाइल गर्नका लागि प्रतिक्षा अवधिमा अझ वृद्धि भएको छ। अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा  अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति अगस्तमा पनि क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ नै रहेको छ।

ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प

ग्रिनकार्डवाहकका दम्पत्ति र बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा सामान्य अग्रता, अरु ठप्प

अमेरिकाभित्रै हुनेहरुले भिसा करेन्ट भइसकेपछि आई ४८५ फाइल गर्न पाएको खण्डमा सामान्यतया अध्यागमन स्टाटस जोगाउने झन्झट हुदैन । उनीहरुले ग्रिनकार्ड आवेदन आई ४८५ विचाराधिन रहेकै अवस्थामा वर्क परमिट प्राप्त गर्न र अमेरिकाबाहिर यात्रा गर्नका लागि ट्राभल डकुमेन्ट समेत प्राप्त गर्न सक्छन् । तर आई ४८५ अस्वीकृत भएमा भने कतिपयको सन्दर्भमा अन्य गैर आप्रवासी स्टाटस कायम नहुँदा देशनिकालाको प्रकृयामा पर्नसक्ने भएकाले आफ्नो आवेदनबारे निर्णय गर्नु अगाढि लाइसेन्सप्राप्त कानुन व्यवसायीको सल्लाह लिनु आवश्यक छ ।

 





Source link

Leave a Comment