प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

आइस अधिकारी । फाइल तस्वीर
अमेरिकाको मिनेसोटा राज्यस्थित ब्रुकलिन पार्कमा रहेको एक कफी पसलबाट इक्वाडोरका एक आप्रवासी कामदारलाई इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस)ले पक्राउ गरेको छ। आइस एजेन्टहरूले ग्राहकझैँ नाटक गर्दै उनलाई बाहिर बोलाएर पक्राउ गरेको बताइएको छ।
जेन एभिन्यू एन. मा रहेको क्रम्ब्स एण्ड कफीमामा कुकका रूपमा काम गर्ने ती व्यक्ति गत शुक्रबार बिहान १० देखि ११ बजेको बीचमा पक्राउ परेका हुन्। कफी पसलका सह–मालिक चार्ल्स स्पाइसका अनुसार आइसका एजेन्टहरू करिब एक घण्टा पसलमै बसेपछि पार्किङ स्थलमा गाडी ठोक्किएको बहाना बनाएर कर्मचारीहरूलाई बाहिर बोलाएका थिए। बाहिर निस्कनेबित्तिकै ती कामदारलाई हत्कडी लगाएर लगिएको थियो।
स्पाइसका अनुसार एजेन्टहरूले कर्मचारी बाहिर नआएसम्म आफ्नो पहिचान खुलाएका थिएनन्। “यो सबै फिल्मको दृश्यजस्तै लाग्यो,” उनले भने। ब्राजिलबाट आएका आप्रवासी स्पाइससँग ग्रिन कार्ड छ।
हालैका हप्ताहरूमा मिनेसोटाका विभिन्न स्थानमा आइसका कारबाहीहरू बढ्दै गएका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार “अपरेशन मेट्रो सर्ज” अन्तर्गत यसै महिनामा ४०० भन्दा बढी पक्राउ परका छन् । यो अभियान महानगर क्षेत्रका साना सहरहरूमा समेत फैलिएको छ।
शनिबार चानहासेनको एक निर्माण स्थलमा पनि आइसको कारबाही हुँदा अत्यधिक चिसोमा प्रदर्शनकारी र कामदारबीच तनावको अवस्था सिर्जना भएको थियो। चिसोको असरले एक कामदार अस्पताल भर्ना भएका थिए।
ब्रुकलिन पार्कको घटनाले मिनेसोटा राज्यका सेनेटर जोन होफम्यानको ध्यान तानेको छ। उनले फेसबुकमा लेख्दै साना व्यवसाय, करदाता र समुदायमा योगदान गर्ने कामदारहरूलाई लक्षित गर्नु गलत भएको बताएका छन्।
कफी पसलका सह–मालिक स्पाइसका अनुसार पक्राउ परेका कामदारसँग वैध कार्य अनुमति, सामाजिक सुरक्षा नम्बर थियो भने उनी शरण प्रक्रियामा थिए। आइसको उपस्थितिपछि पसल शुक्रबार अचानक बन्द गरिएको थियो भने कर्मचारी अभावका कारण शनिबार पनि पसल बन्द गरिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्