गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी



प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी

अमेरिकी सरकारलाई ठेगाना परिवर्तनबारे जानकारी नदिने गैर नागरिकलाई आपराधिक दण्ड दिइने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले चेतावनी दिएको छ । ठेगाना परिवर्तनबारे जानकारी नदिनेलाई २०० डलरसम्म जरिवाना वा ३० दिनसम्म जेल सजाय वा दुबै सजाय हुने कानून विद्यमान रहेपनि यो कानून कार्यान्वयनमा भने थिएन । अब भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो कानून कार्यान्वयन गर्ने चेतावनी दिएको छ ।

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई दिनुपर्छ । युएससीआईएसमार्फत जानकारी दिनुपर्नेहरुलाई युएससीआईएसले ठेगाना परिवर्तन गर्ने नयाँ इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल लागु गरेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै अद्यावधिक गर्न सक्छन् । सेवाग्राहीहरुले यो टुलमार्फत ठेगाना अद्यावधिक गर्न प्रक्रियाको गति र दक्षतामा उल्लेखनीय सुधार अनुभव गर्छन् ।

यो टुलमार्फत युएससीआईएसमा अनलाइन एकाउन्ट भएका धेरैजसो व्यक्तिहरूले आफ्नो पत्र आउने र भौतिक ठेगाना युएससीआईएससँग पेन्डिङ एप्लिकेसन, पिटिशन वा अनुरोधहरूको लागि एकै ठाउँमा अपडेट गर्न सक्छन् भने धेरै ठाउँहरूमा ठेगाना अद्यावधिक गर्नुपर्ने आवश्यकता हटेको छ । उनीहरुले अब एआर ११ नामको कागजी फर्म भर्नुपर्ने, युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्ने वा युएससीआईएसको फिल्ड अफिसमा जानुपर्ने वा एसाइलम अफिसमा जानुपर्ने बाध्यता पनि हटेको छ । यो टुलले केही अपवाद बाहेक लगभग सबै प्रकारहरूको फारमका लागि स्वचालित रुपमा ठेगाना परिवर्तनहरू स्वचालित गर्छ ।

गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी

गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी

कुनै पनि विचाराधीन आवेदन, याचिका वा अनुरोधहरू नभएका आप्रवासीहरुले पनि बसाई सराई गरेमा युएससीआईएसलाई सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न यो टुल प्रयोग गर्न सक्छन्। कुनै व्यक्तिको पेन्डिङ केस अनलाइन वा हुलाक मार्फत जसरी पेश गरेको भएता पनि युएससीआईएसको अनलाइन खाता मार्फत यो टुलमा पहुँच गर्न सकिन्छ। भावा, टी, यु लगायतका भिसा अन्तरगत पेन्डिङ वा स्वीकृत आवेदन भएकाहरुले भने यो टुल अहिलेका लागि प्रयोग गर्न सक्दैनन् ।

गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी

यो टुल प्रयोग गर्न व्यक्तिहरूलाई युएससीआईएसमा अनलाइन एकाउन्ट चाहिन्छ । उनीहरूको नाम, जन्म मिति र नयाँ भौतिक र पत्राचार ठेगानाहरू प्रविष्ट गर्नुपर्छ । व्यक्तिहरूलाई उनीहरूको विचाराधीन आवेदन, याचिका, वा अनुरोधको बारेमा जानकारी समावेश गर्न पनि प्रोत्साहित गरिन्छ।

युएससीआईएसमा ठेगाना परिवर्तनका लागि कागजीरुपमा   फर्म एआर ११ को पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा  ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।

यदि तपाई घरेलु हिंशा, मानव तस्करी वा अन्य कुनै अपराधको शिकार हुनुभएको छ र तपाईको आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने तपाईले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ भरेर भर्मोन्ट सर्भिस सेन्टरको ठेगानामा पठाउनुपर्छ । त्यस्तै आई ७५१ को वेभर आवेदन दिएकाहरुले एआर ११ भरेर आफ्नो आवेदन जहाँ छ त्यहीको सर्भिस सेन्टरमा पठाउनुपर्छ ।

गैरनागरिकले ठेगाना परिवर्तनबारे १० दिनमा जानकारी नदिए कारवाही गर्ने ट्रम्प प्रशासनको चेतावनी

यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि अनिवार्य ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ ।

कानुन अनुशार अमेरिकी नागरिकबाहेक अरु व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिनकार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् । तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

यदि कुनै ग्रिनकार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी युएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिवाना र ३० दिनसम्म कैदसजाय हुनसक्ने कानुनी प्रावधान छ । ग्रिनकार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

तर व्यवहारिक रुपमा भने ठेगाना परिवर्तन नगरेकै कारण देशनिकालासम्मको सजाय गर्न अमेरिकी अधिकारीहरु इच्छुक देखिएको खास रेकर्ड छैन । तर अब यो नियम कार्यान्वयन गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले चेतावनी दिएको छ ।





Source link

Leave a Comment