गैरकानुनी रुपमा नेपाल बसिरहेका १२ विदेशी नागरिक पक्राउ, के हुन्छ त उनीहरुलाई कारवाही ?

गैरकानुनी रुपमा नेपाल बसिरहेका १२ विदेशी नागरिक पक्राउ, के हुन्छ त उनीहरुलाई कारवाही ?



प्रकाशित मिति : असार ६, २०८१ बुधबार

पछिल्लो ३ महिनामा अबैध रुपमा नेपालमा बसिरहेका १२ विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको छ । पोखरा र आसपासको क्षेत्रमा बस्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पर्यटक प्रहरी र जिल्ला प्रहरी कास्कीले यो तीन महिनामा गैरकानुनी रुपमा बस्दै आइरहेका १२ विदेशीलाई पक्राउ गरी उनीहरूकै देश फिर्ता पठाएको बताएको छ ।

अप्रिलदेखि अहिलेसम्म प्रहरीले गैरकानुनी रुपमा बसोबास गर्दै आएका बेलायत, क्यानडा,जर्मनी, इजरायल, चिली, कोस्टारिका र रिपब्लिक अफ कंगोको गरी १२ जना विदेशीलाई फिर्ता पठाएको जानकारी गराएको छ ।

पछिल्लो पटक पोखरा ६ लेकसाइबाट गैरकानुनी रुपमा बस्दै आएका क्यानडाका नागरिक र पोखरा १८ सराङकोटबाट जर्मनी नागरिकलाई फेला पारी आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्त कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो सँगै तीन महिनामा विदेश फिर्ता पठाउनेको संख्या १२ पुगेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School