गैरकानुनी आप्रवासनविरुद्ध ट्रम्प प्रशासनको कडाइ, ‘अप्रेशन शार्लोट्स वेब’ अभियानमा २५० बढी पक्राउ



प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार

गैरकानुनी आप्रवासनविरुद्ध ट्रम्प प्रशासनको कडाइ, ‘अप्रेशन शार्लोट्स वेब’ अभियानमा २५० बढी पक्राउ

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित शार्लोट शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइपूर्ण आप्रवासन अभियानअन्तर्गत २५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार “अप्रेशन शार्लोट्स वेब” नाम दिइएको उक्त कारबाहीमा अपराध गतिविधिमा संलग्न मानिएका कागजातविहीन आप्रवासी तथा ग्याङ सदस्यलाई लक्षित गरिएको छ । यो अभियान गत शनिबारदेखि सुरु भएको हो । 

यसअघि शिकागो र लस एन्जलसजस्ता ठुला शहरमा सङ्घीय बल तैनाथ गरिसकेपछि शार्लोट पछिल्लो लक्ष्य बनेको हो। डिएचएसले पक्राउ परेकाहरू मध्ये केही  हिंसात्मक अपराध, सरकारी कागजातमा छेडछाड र नशामा सवारी चलाउनेजस्ता अपराधमा दोषी ठहर भइसकेका रहेको जनाएको छ । 

तर, यस कारबाहीविरुद्ध स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्। नर्थ क्यारोलिनाका डेमोक्र्याट गभर्नर जोश स्टाइनले सङ्घीय एजेन्टहरूले जातीय आधारमा नागरिकलाई टार्गेट गरिरहेको आरोप लगाउँदै कारबाही रोक्न माग गरेका छन्। 

गैरकानुनी आप्रवासनविरुद्ध ट्रम्प प्रशासनको कडाइ, ‘अप्रेशन शार्लोट्स वेब’ अभियानमा २५० बढी पक्राउ

“मास्क लगाएका, भारी हतियारधारी एजेन्टहरूले छालाको रङका आधारमा मानिस उठाइरहेको देखिएको छ। यसले हामीलाई सुरक्षित बनाइरहेको छैन,” स्टाइनले चेतावनी दिए।

शार्लोटकी मेयर भि लायल्सले पनि सङ्घीय एजेन्टहरूलाई शहरका मूल्य–मान्यताप्रति सम्मान राखेर काम गर्न आग्रह गर्दै प्रशासनका कदमविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रशंसा व्यक्त गरिन्। “शार्लोटका चिन्तित नागरिकहरू, तपाईँहरू एक्लो हुनुहुन्न। सहर तपाईँहरूको साथमा छ,” उनले भनिन्।

उता, डिएचएसले कारबाही कति समयसम्म चल्ने भन्ने खुलाएको छैन। शिकागोमा सेप्टेम्बरदेखि सुरु भएको कडाइ अहिले पनि जारी छ। सङ्घीय छापाको डरले शार्लोटका धेरै आप्रवासी समुदायले घरबाहिर निस्किने अवस्था नबनेको गुनासो गरेका छन् । 

गभर्नर स्टाइनले अब यो कारबाही नर्थ क्यारोलिनाको अर्को शहर रालेलीमा फैलिन सक्ने चेतावनी दिँदै भनेका छन्, “सङ्घीय एजेन्टहरूले सडकमा हिँडिरहेका छिमेकी होइन, हिंसात्मक अपराधीहरूलाई मात्र टार्गेट गर्नुपर्छ ।” 

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment