गुल्मीमा १८ महिनामा ६४ जनालाई गैरआवासीय नागरिकता



प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

गुल्मीमा गैरआवासीय नेपालीले नागरिकता लिनेक्रम बढेको छ । पछिल्लो साढे १ बर्षको अवधिमा गुल्मी जिल्ला प्रशासन कार्यालयबाट ६४ जना गैरआवासीय नेपालीले नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

जिल्लामा २०८० को कार्तिक १९ गतेदेखि गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरिएको हो । नेपालबाट सार्क राष्ट्र बाहेकका देशमा गएर उतैको नागरिकता लिएका नेपालीले गैरआवासीय नागरिकता लिन पाउँछन ।

आवश्यक कागजात पुरा गरेर नागरिकता लिन आउनेलाई सकेसम्म एकै दिनमा गैरआवासीय नागरिकता प्रदान गरिदै आएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भयो ।

गुल्मीमा १८ महिनामा ६४ जनालाई गैरआवासीय नागरिकता

गुल्मीमा १८ महिनामा ६४ जनालाई गैरआवासीय नागरिकता

सम्बन्धित वडाको सिफारिससहितको निवेदन, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण,नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

राजनितिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन गैरआवासीय नागरिकताले पाउँदैनन । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न भने पाउँछन ।

गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्र पाउने प्रावधान नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली २०८० लागू भएपछि सुरु भएको हो ।





Source link

Leave a Comment