गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध प्रक्रिया सुरु

गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध प्रक्रिया सुरु


नेपालको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र जापानको ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको छ।

दुवै नगरपालिकाबीच व्यावसायिक सम्भावना र सहकार्यबारे गहन छलफल भइरहेको गैरआवासीय नेपाली सङ्घसँग आबद्ध व्यवसायी लालबहादुर केसी (रोशन)ले जानकारी दिए। नेपाल–जापानबीचको सम्बन्धलाई एउटा तहसम्म कसरी पु¥याउन सकिन्छ र त्यसका लागि केकस्तो काम गर्नुपर्छ भन्ने उदाहरणका रूपमा भगिनी सम्बन्ध विस्तार गरिने उनले बताए।

ओइताकोमा किवीखेती गर्दै आएका केसीले भने, “हामीले यहाँ किवीखेती (फार्म) गरेका छौँ, त्यस क्रममा नगरपालिकासँग सम्पर्क भयो, मेयरसँग मित्रता बढ्यो, अनि भगिनी सम्बन्धको प्रक्रिया अघि बढायौँ।”

मुसिकोट र ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा त्यहाँका मेयर कावानो फुमितोसी र अध्यक्ष ताजिमा एइची लगायतको टोली नेपाल आई मुसिकोटको भ्रमण समेत गरिसकेको छ। उनकै सक्रियतामा टोकियोस्थित नेपाली राजदूतको उपस्थितिमा मुसिकोटबाट जापान गई विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र प्रबुद्ध व्यक्ति वर्गको सहभागितामा आगामी नयाँ वर्षको पहिलो दिन हुने छलफलमा दुवै नगरबीच सम्बन्ध विस्तारका थप सम्भावनाका क्षेत्रबारे खोजी हुनेछ।

मुसीकोटबाट जापानमा आएका नागरिकले आफ्नो जन्मथोलोमा सामूहिक रूपमा केही गरौँ भन्ने भावना जागृत तुल्याउन उत्प्रेरित गर्ने तथा जापानमै रहेकालाई पनि थप अवसरका लागि बाटो देखाउने कार्य पनि छलफलका क्रममा हुने व्यावसायिक केसीले बताए।

दुवै नगरबीचको सम्बन्धलाई परिणामुखी र उदाहरणीय बनाउन आफूहरूले हर प्रयत्न गर्ने गैरआवासीय नेपाली सङ्घ जापानस्थित अभियन्ता भुषण घिमिरेले बताए।

भगिनी सम्बन्ध विस्तारसँगै जापानको त्यस नगरमा रहेको जनशक्तिको अभावमा मुसिकोटले सहयोग पुर्‍याउने तथा त्यस नगरले मुसिकोटका युवालाई तालिम र प्रविधिबाट दक्ष तुल्याई रोजगारी दिलाउन सहयोग गर्नेछ।

पत्रकार घिमिरेले भने, “जापानको त्यस नगर क्षेत्रमा कमी देखिएको दक्ष कामदार उपलब्ध गराउन मुसिकोटले सहयोग पुर्‍याउनेछ भने ती जनशक्तिका लागि उच्चस्तरीय तालिम प्रदानमा ओइताले सहयोग गर्ने छ।”

जापानको ओइताको बुङगोओनो नगरले मुसिकोटका उत्पादनलाई प्याकेजिङ र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। गुल्मी कफी खेतीका लागि मुलुकमा चिनिएको जिल्ला हो। मुसिकोटबाट हाल ओइतामा एक हजारभन्दा बढी युवायुवती पुगेका छन्। मुसिकोट नगरपालिका मेयर जीवलाल खरेलले पुष्टि गरे।

नेपाल सरकारले समेत यसअघि नै गैरआवासीयसँग रहेको ज्ञान, सीप, पूँजी नेपाल भित्र्याउने सहयोग पुर्‍याउने घोषणा गरिसकेको छ। विदेशमा रहेका व्यक्तिहरूले सामूहिकताका साथ जन्मथलोको विकास र समृद्धिका लागि पहल गर्ने योजनाअनुरुप सम्बन्ध विस्तारमा जोड दिइएको बताइएको छ।

काठमाडौंबाट करिब तीन सय किमी पश्चिम पर्छ भने ओइताको बुङगोओनो जापानको राजधानी टोकियोबाट करिब एक हजार तीन सय किमी दक्षिण पश्चिमा अवस्थित छ।

राष्ट्रिय राजमार्गबाट टाढा नेपालको पश्चिम पहाडी क्षेत्रमा अवस्थित मुसिकोट र बुलेट ट्रेनको लाइन जोडिएको ओइता बिचको सम्बन्धसँग नेपाल–जापनबीचको सम्बन्ध जनस्तरमा समेत थप प्रगाढ हुने अपेक्षा गरिएको छ। नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक कूटनीति सम्बन्ध स्थापना भएको हो। जापान नेपालको विकासको ठूलो सहयोगी र साझेदार मुलुक हो।

प्रकाशित: २४ चैत्र २०८० १४:१३ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School