गत मंगलबार ९ वैशाखका दिन भारतको काश्मीरस्थित पर्यटकीय स्थल पहलगाममा १ नेपालीसहित २८ निहत्था पर्यटकको हत्या भयो । अत्यन्तै बर्बरतापूर्ण घटनामा मारिएका नेपाली सुदीप न्यौपानेको पार्थिव शरीर उनको गृहनगर बुटवल ल्याएर अन्त्येष्टिसमेत भइसकेको छ । सुदीपलगायत सो घटनामा ज्यान गुमाउने सबैको दुई ‘दोष’ देखियो । पहिलो, पुरुष हुनु र दोस्रोचाहिँ मुसलमान नहुनु वा हिन्दू हुनु । यस घटनामा एक मुसलमानले पनि ज्यान गुमाएका छन् । उनले चाहिँ गैरमुसलमान पर्यटकलाई जोगाउने ‘अपराध’ गरेका रहेछन् ।
घटनाको विवरण सुन्दैमा बीभत्स छ । एउटा मनोरम सुनसान स्थलमा खानपिन रमाइलो आदि गरिरहेका अधिकांश परिवारसहितका पर्यटकलाई अचानक ५–६ जना बन्दुकधारीले घेर्छन् अनि पुरुष र महिला छुट्याइन्छ । पुरुषहरूलाई पालैपालो सोधिन्छ तिम्रो धर्म के हो ? जो कसैले आफू गैरमुस्लिम (हिन्दू वा अन्य) बतायो उसलाई तत्काल गोली ठोकिन्छ । केहीलाई कलमा (अल्लाह नै सर्वोच्च हो भन्ने कुरानको श्लोक) पढ्न भनिन्छ र कलमा पढ्न नसक्नेलाई मारिन्छ ।
कतिपयको त कपडा खोल्न लगाएर गुप्तांग जाँच गरियो । मुसलमान पुरुषहरूमा लिंगको टाउकाको बाहिरी छाला काटिन्छ, जुन कर्मलाई खतना भनिन्छ । खतना भएको छ वा छैन हेरेर मुसलमान वा गैरमुसलमान छुट्याउन त्यस्तो जाँच गरिएको हो । त्यसो त यहुदीमा पनि यस्तै छाला हटाउने चलन छ । यहुदीहरूचाहिँ यसलाई ‘ब्रीट’ भन्छन् । कतिपय अफ्रिकातिरको इस्लामी समाजमा त महिलाहरूको समेत खतना हुन्छ । महिलाको योनीको भंगाकुरलगायत बाहिरी परत काटेर योनीको छिद्रलाई अत्यन्तै सानो बनाएर सिइन्छ । बालकको खतना जन्म भएको केही दिनमै गरिन्छ भने बालिकालाई ५–६ वर्षको उमेर पुगेपछि खतना गरिन्छ । महिलाको खतनाचाहिँ विवाहअघि कुमारित्व सुरक्षित राख्न गरिने हो भनिन्छ । खतनाका ’boutमा लामो विवरण प्रस्तुत गर्नु यस लेखको उद्देश्य होइन । पुरुषलाई छुट्याउनु, कलमा पढाउनु र गुप्तांगको जाँच गर्नु भनेको गैरमुसलमान पुरुषलाई मार्ने नियत देखियो । सुदीप न्यौपाने त हिन्दू पुरुष थिए । उनी कुन मुलुकको भन्ने आतंककारी हत्यारालाई मतलव नै भएन । यहाँ जोड दिएर किन दोहो¥याइँदै छ भने पाकिस्तानी आतंककारीका लागि भारतीय होस् वा अन्य जोसुकै होस् मतलव छैन, फगत हिन्दूसँग दुश्मनी हो । एक जना इसाई भारतीय पनि मारिए । उनलाई सायद छोड्थे कि ! विचराको नाम संजीव रहेछ । त्यो हिन्दू सुनिने नाम नै उनका लागि काल भयो ।
ध्यान दिएर हेर्ने हो भने संसारभरि नै जति इस्लामी आतंकी छन्, सबैजसो यही जन्नतमा ठाउँ ओगट्ने लोभले प्रेरित जिहादीहरू नै छन् । अल कायदादेखि आईएसआईएससम्मका सबै लडाकुको मूल स्रोत नै काफीर सिध्याउने मन्त्रबाट प्रेरित कथित जिहाद (धर्मयुद्ध) नै हो
यहाँनेर थोरै गियर बदलेर म पाठकहरूलाई ३० वर्षभन्दा पनि पुरानो मेरो व्यक्तिगत अनुभव साझा गर्दै छु । मैले १९९१ अगस्टदेखि १९९३ जुलाईसम्म पाकिस्तानमा अध्ययन गरेको हुँ । एसियाली विकास बैंकको छात्रवृत्तिमा पाकिस्तानको लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेजबाट एमबीए गरेको हुँ । अध्ययनका क्रममा विश्वविद्यालयभित्र कुनै ठूलो समस्या खप्नुपरेन । विदेशी भूमिमा सानातिना प्रक्रियागत अप्ठ्यारा त आउने नै भए । अन्यथा मलाई कुनै ठूलो समस्या भएन । अमेरिकी मोडलमा मूलतः अमेरिकीहरूकै सहयोगमा बनेको विश्वविद्यालयमा कुनै धार्मिक कट्टरता प्रदर्शित हुने सम्भावना कमै थियो । मेरा ’round सबै पाकिस्तानका अत्यन्तै सुशिक्षित, अन्तर्राष्ट्रिय एक्सपोजर पाएका एवं कुलीन भनाउँदा वर्ग नै थिए । तर, यस्तो वर्गमा पनि समयसमयमा स्वाभाविक बोलीचालीमा समेत सहज रूपमा अनौठा व्यवहार देखिन्थ्यो । बेलामौकामा कसैलाई एकदमै रिसाएर गाली गर्नुपर्दा उनीहरू भन्थे, ‘हिन्दू से भी बदतर है’ अर्थात् हिन्दूभन्दा पनि खराब ! अनि तिनका मुखबाट सहजै निस्कन्थ्यो, ‘साला ! बिलकुल हिन्दू है !’ सोच्नोस् त उनको दिमागमा हिन्दू भनेको के कस्तो जीव रहेछ ! सार्वजनिक नाटक इत्यादिमा महादेव–पार्वती आदि हिन्दू देवदेवी देखाएर त्यसलाई बच्चाहरूले लात हानेको जिस्काएको दृश्य म स्वयंले हेरेको छु ।
पाकिस्तान स्वतन्त्र भएपछि अर्थात् १९४७ पछि त्यहाँ झन्डै १६ प्रतिशत हिन्दू जनसंख्या थियो । आज त्यो संख्या १ प्रतिशतको हाराहारीमा छ । कराँची सहरको एउटा ब्लक र सिन्ध प्रान्तको भित्री इलाकातिर केही हिन्दू जनसंख्या छ । अन्यत्र कतै छन् भने आफ्नो पहिचान लुकाएर छरिएका कोही होलान् । म दाबीसँग भन्न सक्छु पाकिस्तानमा कुनै पनि व्यक्तिले आफ्नो हिन्दू पहिचान देखाएर स्वतन्त्र ढंगले एक्लोदुक्लो स्वच्छन्द पर्यटक बन्नेसम्म सम्भावना बिलकुलै छैन । प्रत्येक दिनजसो पाकिस्तानी हिन्दू किशोरीहरूलाई उठाइन्छ र जबर्जस्ती धर्म परिवर्तन गराएर कुनै मुसलमानसँग निकाह गराइन्छ । वास्तवमा विशेष रूपमा हिन्दू तर सामान्यतया अन्य अल्पसंख्यक पनि पाकिस्तानमा पाशविक नारकीय जीवन बिताउन बाध्य छन् ।
यस्तो अनौठो र अस्वाभाविक घृणा र द्वेष किन त भन्ने प्रश्न उठ्छ । भारतीयहरूप्रति द्वेषको कारणचाहिँ १९४७ को विभाजनको पीडा हो भन्ने बुझाइ छ । तर, मैले इजिप्टलगायत मध्यपूर्वका अन्य मुलुकको पनि थोरै अनुभव बटुलेको छु । त्यहाँ हिन्दूप्रति होइन, यहुदीप्रति त्यस्तै अस्वाभाविक घृणा देख्छु । ध्यान दिएर हेर्ने हो भने इस्लामी समुदायमा आफ्नो निकटमा रहेका मुख्य समुदायप्रति अत्यधिक घृणा भाव रहेको पाएको छु । इस्लाम धर्मको मूल ग्रन्थको मौलिक भनाइ के कस्तो छ म जान्दिनँ तर कुरानलाई उद्धृत गर्दै कैयन् इस्लामी विद्वान् भनाउँदाले समेत अर्को धर्म मान्ने व्यक्तिलाई घृणाभावका साथ ‘काफीर’ भनेर सम्बोधन गरेको सुनेको छु । सायद फारसीबाट आयातित यो उर्दू शब्दको अर्थ हो– अल्लाह र कुरानको आयातलाई नमान्नेहरू । अर्को शब्दमा भन्ने हो भने एक मुसलमानका लागि गैरइस्लाम सबै ‘काफीर’ हुन् । कुनै ग्रन्थबाट उद्धृत गरेका हुन् कि होइनन् मलाई थाहा छैन, तर उनीहरू खुलमखुला भन्छन्– ‘एउटा काफीरलाई नष्ट ग¥यौं भने जन्नत (स्वर्ग)मा स्थान पाउँछौं ।’ स्वर्गमा ठाउँ सुनिश्चित हुने मात्र होइन, त्यहाँ बहत्तर ‘हूर’ (अप्सरा)को सेवा भोग्न पनि पाइन्छ ! अब काफीर कसरी नष्ट हुन्छ ? जबर्जस्ती नै भए पनि कमलालाई फातिमा वा सरोजलाई फिरोज बनाए पनि काफीर त नष्ट भइहाल्यो ! अथवा ‘सर तन से जुडा’ अर्थात् हत्या गरिदिए पनि भयो !
ध्यान दिएर हेर्ने हो भने संसारभरि नै जति इस्लामी आतंकी छन्, सबैजसो यही जन्नतमा ठाउँ ओगट्ने लोभले प्रेरित जिहादीहरू नै छन् । अल कायदादेखि आईएसआईएससम्मका सबै लडाकुको मूल स्रोत नै काफीर सिध्याउने मन्त्रबाट प्रेरित कथित जिहाद (धर्मयुद्ध) नै हो । इस्लाम धर्म आफैंमा जतिसुकै प्रेम र सद्भावको प्रतीक भए पनि यसका सञ्चालक मुल्लाह र मौमिनहरूले घृणा, द्वेष अनि हत्या हिंसाको कारखाना बनाइदिएका छन् । विश्व शान्तिका लागि यो कारखाना ध्वंस हुन जरुरी छ ।
यसपटक भारतले निकै नै कडा प्रतिक्रिया जनाउने सम्भावना बढ्दै गएको छ । त्यो प्रतिक्रिया भनेको अहिलेको सिन्धु नदी सम्झौता रद्द गर्ने वा सीमा बन्द गर्नेमा सीमित हुनेछैन । पाकिस्तानको वर्तमान अस्तित्वमाथि नै संकट पैदा हुन सक्छ । बलुचिस्तान टुक्रिन सक्छ, खैबर पख्तुन क्षेत्र छुट्टिन सक्छ र पाकिस्तानको नियन्त्रणमा रहेको काश्मीर फुत्किन सक्छ । पाकिस्तानको बहुप्रचारित आणविक क्षमता ध्वस्त हुन सक्छ । यस्तैखाले ठूलो कारबाही भयो भने चीन पाकिस्तानको पक्षमा उत्रिएला त ? विश्वास गर्नोस्, महान् धूर्त व्यापारी चीन १ सय ४० करोडको बजार भारतको मूल्यमा पाकिस्तानको पक्षमा उत्रनेछैन । उसले देखाउने भनेको ओठे सेवासम्म हो । यो अद्वितीय द्वन्द्वमा नेपालले कसको साथ दिने ? प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवादविरुद्ध भारतको साथमा उभिने कूटनीतिक भरोसा त दिनुभएको छ क्या र ! तर, के नेपालले खुलेर व्यावहारिक रूपमा साथ दिने आँट गर्ला ? चीनको मुख ताकेर उसकै निर्देशनमा ‘पञ्चशील’को लक्ष्यदार भाषण बोल्नुपर्ने पो हो कि ?
(Visited 83 times, 1 visits today)
