गाजामा हमासका शीर्ष नेता सिनवार मारिएको आशंका, इजरायली सेनाले डीएनए परीक्षण गर्दै



प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार

गाजामा हमासका नेता यह्या सिनवार मारिएको हुनसक्ने इजरायली सेनाले बताएको छ । विज्ञप्तिमा इजरायली रक्षा सेनाले तीन जना मृत आतंकवादीहरूको पहिचान पुष्टि गर्न बाँकी रहेको बताएको छ।

आतंकवादीहरूलाई समाप्त पारिएको भवनमा कुनै बन्धकहरूको उपस्थितिको संकेत देखिएको छैन आइडीएफले थप गरेको छ।

यसबारे इजरायली प्रयासहरूबाट थप विवरणहरू आउन थालेका छन्, जसले यह्या सिनवारको मृत्युको पुष्टि गर्न खोजिरहेका छन्।

एक इजरायली सुरक्षा अधिकारीले पनि उक्त व्यक्तिको पहिचान गर्न डीएनए परीक्षण भइरहेको जनाएको छ। सिनवार इजरायली जेलमा रहेको समयमा इजरायलसँग उनको डीएनए र अन्य बायोमेट्रिक डाटा सुरक्षित भएको छ।

यो घटना दक्षिण गाजाको राफाह शहरमा इजरायली सेनाले लक्षित गरेको ग्राउन्ड अपरेसनको क्रममा भएको थियो । जहाँ इजरायली सैनिकहरूले तीन जना आतंककारीलाई मारेका रोयटर्सले जनाएको छ।

यह्या सिनवार इजरायलको गाजामा नम्बर एक निशाना हुन् । उनलाई ७ अक्टोबरको आक्रमणको योजना र निर्देशनका लागि जिम्मेवार ठहराइएको छ ।

जसमा हजारौं सशस्त्र व्यक्तिहरूले गाजाको बार भत्काएर इजरायल प्रवेश गरे र १ हजार २०० भन्दा बढी मानिसहरूको हत्या गरेका थिए । २५० भन्दा बढी बन्धकहरूलाई गाजामा लगेका थिए ।

अनलाइनमा पोस्ट गरिएका ग्राफिक तस्बिरहरूमा भवनको भग्नावशेषमा सिनवार जस्तो देखिने व्यक्तिलाई गम्भीर घाइते अवस्थामा देखाइएको छ।

गाजामा हमासका शीर्ष नेता सिनवार मारिएको आशंका, इजरायली सेनाले डीएनए परीक्षण गर्दै

यसको पहिचान गर्न इजरायलीहरूले शारीरिक र बायोमेट्रिक परीक्षण गर्ने अनुमान गरिएको छ। यदि सिनवार मारिएका हुन् भने यो इजरायलका लागि ठूलो सैन्य सफलता हुनेछ।

६१ बर्षिय सिनवार २०११ मा कैदी साटासाटको भागको रूपमा इजरायली जेलबाट रिहा भएका थिए । हमासका एक प्रभावशाली र कट्टरपन्थी व्यक्तित्व बनेका थिए ।

जसले कूटनीतिक पहलकदमीहरूभन्दा इजरायलसँग सशस्त्र संघर्षलाई प्राथमिकता दिएका थिए। युद्धको धेरै हिस्सा सिनवार गाजाका सुरुङहरूमा, विशेष गरी इजरायली बन्धकहरूका साथ मानव कवचको रूपमा रहेको ठानिएको थियो ।

उनी इस्माइल हानियको हत्या पछि हमासको नेता बने। यसअघि सिनवार २०१७ मा गाजा पट्टीभित्र समूहको नेता बनेका थिए। सिनवार हाल इजरायलको सर्वाधिक खोजी सूचीको शीर्षमा छन्। सिनवारको जन्म १९६२ मा दक्षिण गाजाको खान युनिस शरणार्थी शिविरमा भएको थियो।





Source link

Leave a Comment