प्रकाशित मिति : चैत्र ६, २०८१ बुधबार
इजरायलले गाजामा स्थल आक्रमण विस्तार गरेको घोषणा गरेको छ । हवाई आक्रमणलाई तिब्र बनाएको इजरायलले गाजामा हमासका बिरुद्ध स्थल आक्रमण सुरु गरेको घोषणा गरेको हो ।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणको दुई दिनमा ४३० भन्दा बढीको प्यालेस्टाइनको मृत्यु भएको जनाएको छ।
इजरायली रक्षा सेनाले आफना सैनिक नेट्जारिम गलियारा सम्मको क्षेत्रमा प्रवेश गरेका बताएको छ । उक्त क्षेत्रले गाजाको उत्तर र दक्षिणलाई विभाजित गर्दछ ।
गाजामा सुरु भएको नयाँ आक्रमणले जनवरी महिनामा भएको अस्थायी युद्धविराम सम्झौतासमेत समाप्त गरेको छ ।
संयुक्त राष्ट्रसंघ ले आफना २ कर्मचारी विष्फोटनमा मारिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले घटनाको अनुसन्धान गर्ने बताएका छन् । तर इजरायलले भने आरोप अस्वीकार गरेको छ ।
इजरायलले गाजाको सिमा क्षेत्रमा रहेका क्षेत्रहरू भत्काउनको लागि ठूलो स्थलगत अभियानको तयारी गरेको संकेत पनि गरेको देखिएको छ ।
प्यालेन्टाइन परिवारमा इजरायलको हमलापछि त्रास उत्पन्न गराएको छ । युद्धका कारण बारम्बार विस्थापित भएर युद्धविरामको अवधिमा घर फर्केका चिन्तित भएका छन ।
इजरायली रक्षा मन्त्री इजरायल कात्जले गाजामा रहेका सबै बचेका बन्धकहरूलाई फिर्ता ल्याउने अन्तिम चेतावनी दिएका छन् ।
इजरायलका अनुसार हमाससँग ५९ जना बन्धक अहिले पनि छन् । ति मध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ ।
कात्जले बन्धकहरुलाई मुक्त नगरेमा उनीहरुले पूर्ण विनाश र विपत्तिको सामना गर्नु अनिवार्य रहने बताएका छन ।
संयुक्त राष्ट्रसंघको कार्यालयका प्रमुख जोर्गे मोरेरा दा सिल्भाले गाजा क्षेत्रमा भइरहेका घटनालाई अन्यायपूर्ण भनेका छन् ।
संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले घटनाको पूर्ण अनुसन्धान गर्नको लागि अपील गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले पूर्ण शक्तिका साथमा युद्ध सुरु गरेको बताएका छन ।