गाजामा मानवीय सहायता पुन: सुरु गर्ने अमेरिकी योजनालाई इजरायलको समर्थन



प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार

इजरायलले अमेरिकाद्वारा प्रस्ताव गरिएको नयाँ मानवीय सहायता योजनालाई पूर्ण समर्थन गर्ने जनाएको छ । इजरायली परराष्ट्रमन्त्री गिडिअन सारले आइतबार एक पत्रकार सम्मेलनमा यस बारे जानकारी गराएका हुन् ।

यो योजना हाल संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चालन गर्दै आएको व्यवस्थाको विकल्पका रूपमा ल्याइएको हो ।

मन्त्री सारका अनुसार, “यो योजना अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डअनुसार अघि बढाइनेछ र यसमार्फत सहायता प्रत्यक्षरूपमा पीडित जनतासम्म पुर्याइनेछ, जसमा हमासको संलग्नता हुनेछैन ।”

गाजामा मानवीय सहायता पुन: सुरु गर्ने अमेरिकी योजनालाई इजरायलको समर्थन

गाजामा मानवीय सहायता पुन: सुरु गर्ने अमेरिकी योजनालाई इजरायलको समर्थन

इजरायली सैनिकहरू प्रत्यक्ष रूपमा सहायता वितरणमा सहभागी नहुने तर वितरण क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी उनीहरूको रहने उनले स्पष्ट पारे ।

यस योजनाअनुसार निजी कम्पनी, गैरसरकारी संस्थाहरू र केही देशहरूको सहकार्यमा गाजामा खाद्यान्न तथा अन्य आपूर्तिहरू पुर्याइनेछ । तर, इजरायल वितरण प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने जनाइएको छ ।

यस योजनाप्रति केही फिलिस्तीनी नागरिक तथा सहायता संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्, उनीहरूले सहायता वितरणलाई राजनीतिकरण नगर्न आग्रह गर्दै आएका छन् ।

यसबीच, इजरायली सुरक्षा क्याबिनेटले गाजामा सैन्य अभियानलाई विस्तार गर्ने र सहायता आपूर्तिमा पूर्ण नियन्त्रण राख्ने योजना पनि पारित गरिसकेको छ ।





Source link

Leave a Comment