गाजामा भएको हमलामा २ अमेरिकी नागरिक घाइते



प्रकाशित मिति : असार २१, २०८२ शनिबार


गाजाको खान युनिसस्थित राहत केन्द्रमा आक्रमण हुँदा दुई अमेरिकी सहयोगकर्मी घाइते भएका छन् ।

इजरायल र अमेरिकाको समर्थनमा सञ्चालित राहत कार्यक्रम गाजा ह्युम्यानिटेरियन फाउन्डेसनले अमेरिकी २ सहयोगकर्मी घाइते भएको बताएको हो ।

आक्रमणमा दुई जना बन्दुकधारीले ग्रिनेड प्रहार गरेका थिए। संस्थाले यस घटनाको दोष हमासलाई दिएको छ।

गाजामा भएको हमलामा २ अमेरिकी नागरिक घाइते

गाजामा भएको हमलामा २ अमेरिकी नागरिक घाइते

घाइते दुई अमेरिकी नागरिकको अवस्था अहिले स्थिर रहेको छ । उनीहरुको उपचार भइ रहेको जनाइएको छ । अन्य कुनै सहयोगकर्मी वा सर्वसाधारणलाई क्षति नपुगेको बताइएको छ ।

गाजा ह्युम्यानिटेरियन फाउन्डेसनले यो वर्षको मे महिनादेखि दक्षिण र मध्य गाजाका विभिन्न स्थानहरूबाट राहत वितरण गर्दै आएको छ । तर यस प्रणालीको कडा आलोचना हुँदै आएको छ । यसले हजारौं मानिसहरूलाई संघर्षग्रस्त क्षेत्र हुँदै हिँड्न बाध्य पार्छ भनेर आलोचना भइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र स्थानीय चिकित्सकहरूले गाजा ह्युम्यानिटेरियन फाउन्डेसन सुरु भएयता ४०० भन्दा बढी प्यालेलिस्तीनीहरू इजरायली सेनाको गोलीले मारिएका बताएका छन् । उनीहरू खाना लिन त्यहाँ गएका थिए।

https://www.youtube.com/watch?v=videoseries

इजरायलले भने यो प्रणाली हमाससम्म राहत पुग्न नदिने उद्देश्यले लागू गरिएको बताएको छ। गाजा ह्युम्यानिटेरियन फाउन्डेसन जीएसएफ ले घटनाको समयमा हजारौं गाजालीहरूले सुरक्षित रूपमा राहत प्राप्त गरेका थिए, र वितरण सफल भएको बताइएको छ।

उनीहरूले “हमासबाट अमेरिकी नागरिक, प्यालिस्तीनी राहतकर्मी र सर्वसाधारणलाई लक्षित गर्ने धम्कीहरूको विषयमा पहिले नै चेतावनी दिएका थिए।”

गाजामा भएको हमलामा २ अमेरिकी नागरिक घाइते

यता, गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार ३२ प्यालिस्तीनीहरू इजरायली सैन्य कारबाहीमा मारिएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले भनेको छ कि पछिल्ला २४ घण्टामा कम्तीमा ७० जनाको मृत्यु भएको छ । युद्ध सुरु भएयता गाजामा कुल मृत्यु संख्या ५७ हजार ३३८ पुगेको मन्त्रालयको दाबी छ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा हामासले गरेको आक्रमणमा १ हजार २०० जना मारिएपछि र २५१ जना बन्धक बनाएपछि आफ्नो सैन्य अभियान सुरु गरेको हो।

शुक्रबार हमासले अमेरिका प्रस्तावित युद्धविराम सन्धिमा थप छलफल गर्न तयार रहेको जनाएको थियो। यो योजना अन्तर्गत इजरायली बन्धकहरूको क्रमशः रिहाइ हुने र बदलामा इजरायली जेलमा रहेका प्यालिस्तीनी कैदीहरूलाई रिहा गरिने बताइएको छ।

हाल गाजामा ५० जना इजरायली बन्धकहरू रहेका छन् । जसमा कम्तीमा २० जना जीवित रहेको विश्वास गरिएको छ ।





Source link

Leave a Comment