गाजाबाट मुक्त भएका थाई बन्धक बैङ्कक आइपुगे



प्रकाशित मिति : माघ २७, २०८१ आईतबार

गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका थाई कृषि मजदुरका परिवार आइतबार बैङ्कक आइपुगेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक सशस्त्र लडाकू (हमास) समूहले इजरायलमा गरेको आक्रमण बनाइएका वाचारा श्रीऔन, पोङसाक तन्ना, साथियान सुवान्नाखाम, सुरसाक लामनौ र बन्नावत सेथाओ आइतबार बिहान बैङ्कक आइपुगेका हुन् ।

स्वदेश फर्किएसँगै आफ्ना प्रियजनलाई अँगालो हाल्दै उनीहरू भावविह्वलश बनेका थिए । उनीहरू परिवारसँगको पुनर्मिलनपछि खुशीमा रोएका देखिन्थे ।

गाजाबाट मुक्त भएका थाई बन्धक बैङ्कक आइपुगे

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत जनवरी ३० मा रिहा भएपछि बैङ्ककको सुवर्णभूमि विमानस्थलको आगमन कक्षमा प्रवेश गर्दा पाँचै जना थाई नागरिक मुसुक्क हाँसेका थिए ।

बन्धकमध्ये एकका पिता सोम्बोन सेथाओले छोरोको रिहाइबाट आफू निकै खुसी भएको र आफ्नो परिवारले आफ्नो छोरा बन्नावतलाई थाइल्याण्डमा परम्परागत समारोहका साथ स्वागत गर्ने बताए ।

सोम्बोनले के छोरालाई फेरि विदेश पठाउनुहुन्छ भन्ने प्रश्नमा एएफपीसँग भने, “उनी अब फेरि घरबाट टाढा नजाउन भन्ने रहुन् भन्ने म चाहन्छु ।”

उहाँका अनुसार आफ्नो छोरा अपहरणहुनुभन्दा नौ महिनाअघि परिवारका लागि राम्रो आम्दानीको खोजीमा इजरायल गएका थिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाई नागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

गाजाबाट मुक्त भएका थाई बन्धक बैङ्कक आइपुगे

एक जना थाई नागरिक अझै पनि गाजामा जीवित रहेको विश्वास गरिन्छ।

गत महिना दक्षिणी गाजाको खान युनिसमा बन्धक बनाइएका पाँच जनालाई सुपुर्दगी गर्दा इस्लामिक जिहाद र हमासका लडाकुहरूले सयौँ दर्शकलाई रोक्न सङ्घर्ष गरिरहेको अराजक दृश्यहरू देखा परेका थिए ।





Source link

Leave a Comment