गाजाको विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर : विदेशमन्त्री रुबियो



प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।

इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि विदेशमन्त्री रुवियोले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का साथै इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने विश्वास व्यक्त गरे ।

गाजाको विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर : विदेशमन्त्री रुबियो

रुबियोले अरब राष्ट्रहरूका बारेमा भने, “आशा छ, उनीहरूसँग राष्ट्रपतिलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए ।

रुबियोल भने, “यी सबै देशहरूले प्यालेस्टिनीहरूको ख्याल राखोको देखाउन चाहन्छन् तर उनीहरूमध्ये कोही पनि प्यालेस्टिनीलाई लिन चाहँदैनन्। तीमध्ये कसैले पनि गाजाका लागि केही गरेको इतिहास छैन ।”

जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ । कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ ।

इजिप्टको प्रस्तावमा गाजामा नयाँ सुरक्षा बललाई प्रशिक्षण दिने र स्थानीय प्यालेस्टिनी नेताहरूको पहिचान गर्ने बिषय समावेश छ ।

गाजाको विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न अमेरिका आतुर : विदेशमन्त्री रुबियो

अरब राष्ट्रहरूले ‘असल नियतका साथ काम गरिरहेका छन्’ भन्ने आफूलाई विश्वास रहेको बताउँदै रुबियोले भने, “प्यालेष्टिनी भूमिमा भविष्यमा हमासको कुनै पनि प्रशासनिक भूमिका हुन नहुने इजरायल र अमेरिकाको धारणा रहेको छ ।”





Source link

Leave a Comment