गाई र लक्ष्मीको वैज्ञानिक रहस्य : RajdhaniDaily.com

गाई र लक्ष्मीको वैज्ञानिक रहस्य : RajdhaniDaily.com


यमपञ्चक भनौं समष्टिमा तिहार सुरु भइसकेको छ । पाँचदिने लामो चाडका विविध पक्ष छन् । केही मात्र यहाँ संक्षेपमा चर्चा गर्ने जमर्को गरिएको छ । तिहार भनेको बहुआयामिक उत्सव पनि हो । तिहारमा पूmल, तेल, रङको चर्चा जति गरे पनि कम हुन्छ, गाईतिहार युगल जोडी गोरुसमेतको सम्मान गर्ने चाड हो, तिहार । कागदेखि कुकुरसम्मका प्राणी र यमकै प्रतीक दाजुभाइ, सूर्यपुत्री यमुनाकी प्रतीक दिदीबहिनीको विशेष सम्मान गरिने पर्व तिहारको मूल मर्म भनेको घरघर, पसल वा यत्रतत्र हर्षोल्लासका साथ गरिने दीपावली हो ।

चर्चा गरौं पहिले गाईकै । हामी गाईलाई गौ अस्माकं माता भन्छौं, यसको अर्थ हुन्छ गाई हाम्री हामा हुन्, दूध त दिन्छिन् नै यी हाम्री लक्ष्मी पनि हुन् । लक्ष्मी पूजा गर्दा तिहारमा गो पूजा अनिवार्य छ । गाई पूजाको भोलिपल्ट गोरुको पूजा हुन्छ, कहिले एकै दिन पनि पर्छ । घरघरमा दीपमालिका गर्नुपूर्व गाईको गोबरले घर लिपिन्छ, यस अर्थमा कि गाईको गोबरमा श्रीलक्ष्मीकै बास हुन्छ । गाईको गोबरले लिपेको घर, तुलसी, कुश, गोठ, तिल भएको घरमा स्थिर लक्ष्मीको बास हुन्छ । घर, गोठ र गोबरको महत्व हुन्जेल, घरघरमा गौसेवा हुन्जेल हामीले अनाजका लागि विदेशी हात थाप्नुपरेको थिएन, ठूला असाध्य रोगहरूसँग पनि मुकाबिला गर्नुपरेको थिएन ।

गाईका चार पाउ चार वेद स्वरूप हुन्, गाईका दुई सिङमा स्वयं श्रीविष्णु र इन्द्रदेवको बास हुन्छ । सिङका बीचमा चन्द्रमा, यसको फेदमा सृष्टिकर्ता ब्रह्मा र ललाटमा शिवको निवास हुन्छ, त्यसैले गो हत्या ठूलो अपराध मानिन्छ । दुई कानमा देवताका चिकित्सक अश्विनीकुमारहरू बस्छन्, दाँतमा मरुद्गण, रोम कूपमा ऋषि मुनिहरू, छालामा प्रजापति, श्वासमा षडंग रुद्र, नाकमा सुगन्ध पुष्प, तल्लो ओठमा बसुगण, मुखमा अग्नि, गर्धनमा पार्वती, पीठ भागमा २७ नक्षत्र, पिठ्यूँमा आकाश, अपानमा सबै तीर्थ, मूत्रमा गंगा, नितम्बमा पितृदेव, पुच्छरमा भगवती, छातीमा कुमार कार्तिकेय, घुँडा, जंघा र ऊरूमा पाँच वायु, खुरको मध्यमा गन्धर्ब, खुरको अग्र भागमा सर्प, चार स्तन चार समुद्र भएकाले रति, स्वधा, स्वाहा, दिशा, धृति, स्मृति, कान्ति, क्रिया सबै हरदम गौसेवा गर्न लालयित हुन्छन् ।

सबै नदी, तीर्थ, वेद, धाम, समुद्र, देव, पितृहरूले पनि सधैं गो सेवा नै रुचाउँछन् । गाईलाई ब्रह्माले स्वयं अग्नि कुण्डबाट प्रकट गराएका हुन् । गो सेवा गर्नेलाई दुःख दूर हुन्छ, धर्मको प्रतीक गाईले मानिसका पाप धोई वैतरणी पार गराउने धर्म शास्त्रको गर्जन छ । त्यसैले चाँदी, सुन, जमिन, घोडा, तिल सप्तधान्य र गोदान गर्ने प्रचलन रहेको हो । गाईका सबै अंग चोखा भए पनि गलत साक्षी बसेकाले श्रीशिव रुष्ट भई गाईलार्ई श्राप गर्नाले यिनको मुख भने बिटुलो मानिन्छ र ढोग्दा मुखमा होइन, गोडामा वा अन्य अंगमा ढोग्ने चलन छ । गाईको बासस्थान भनेको मोक्षदायी क्षेत्र हो ।

गोमुत्रले सेचन गर्दा आशौच शुद्धि हुने हुन्छ भने गोमूत्र पानले शरीर निरोगी हुन्छ, जूठो, सूतकमा मानिस मात्रै होइन घर, बास चोख्याउने चलन छ, घाटबाट फर्कंदा गोमुत्रले सेचन गरे शुद्ध हुने र अपशकून नहुने हुन्छ । धर्म शास्त्रले यसरी हरपल गाईको महत्व बताएकाले नै होला देवभूमि हामीकहाँ हरेक पर्व विशेषमा र नित्य नै गौ सेवा, गौ प्रार्थना, सम्झना गर्ने चलन छ । गाईको दूध पञ्चामृत नै हो जसमा दही, घिउ, चिनी, महसमेतको मिश्रण हुन्छ, देव, पितृ कार्यमा दूध नभई हुन्न, गाईको दूधले दिइएको तर्पण सिधै पितृहरूले पाउँछन् । श्राद्धका दिन कुकुरले देखे छोएको अन्न अरूलाई दिए खाएमा त्यसको फल सिधै प्रेतलोक पुग्छ भने गाईले देखेको अनाज सिधै देव, पितृलोक पुग्छ, त्यसैलै पिण्ड सेलाउँदा सकेसम्म गाईलाई नै खुवाउने चलन भएको हो । श्राद्धमा जो पायो उसलाई दान, भोजन निषेध छ, पतित, जड, मौसमी र उन्मत्त ब्राह्मण, नपुंसक, कोढ, मृगी, कुष्ठरोगी, भूmठो नियममा बस्ने, अंगहीन, पाखण्डी, शास्त्र निन्दकलाई दान वा भोजन खुवाउन निषेध छ । दिनुपरे छुट्टै दिनुपर्छ तर गाईले देखेका वस्तु भने जो कोहीलाई दिँदा पनि गोलोक वा भनौं देवलोकको पहुँच हुन्छ । रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने दूध र यसका परिकार भनौं खीर आदि मात्रा मिलाई सेवन गरेमा शरीरलाई अमृतसरह हुने हुँदा वर्षा ऋतु, झरी, बादलको समय साउनको मध्यमा यस्तो खानाले शरीर स्वस्थ हुने भएकाले नै यस्तो परिकारलाई प्रश्रय दिइएको छ । टाढैबाट गाईको नमन गर्नाले पनि पुण्य प्राप्त हुने हुँदा यिनका दूध आदि परिकारको सेवनले सात्विकताको अभिवृद्धि हुन्छ ।

हिंस्रक, भूmठको सहारा लिने, देशद्रोही, देव निन्दक, दाजुको बिहे नगरी आप्mनो बिहे गर्ने परिवित्त, वेश्यावृत्तिमा लागेको, अभक्ष वस्तु खाने, १० दिन नबितेको मृत घरको खाना खाने पिपासु, चाण्डाल, जुवाडे, मदिरा सेवन गर्ने, पतित, जड, उन्मत्त व्यक्ति, क्रूर, पिशाच प्रवृत्तिमा लागेको, देव पितृ, यज्ञको अपहेलना गर्ने यस्ता नराधमहरू पनि गो स्पर्शबाट सजिलै आप्mनो प्रायश्चित्त गर्नसक्ने धर्म शास्त्रमा उल्लेख छ । वेश्या र व्यभिचारीको हातको अन्न खाने, राज्यको ढुकुटी जथाभावी दुरुपयोग गर्ने, भोजनमा विभेद गर्ने, आप्mनो र अरूको भनी विभेद गर्ने, क्रोधी यस्ता व्यक्तिको आयु नाश हुन्छ र पनि गो सेवा गर्नाले यिनको पाप क्षीण हुने शास्त्रकारहरूको मत छ ।

तिहारको अर्को पक्ष हो लक्ष्मी पूजा । पूजाले मात्र लक्ष्मी भने खुसी हुन्नन् । लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुभ्mनुपर्ने हुन्छ । यिनका मुख्य दुई रूप छन् । एउटा हो भौतिक रूप, अर्को हो आध्यात्मिक । भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन बन्न पुग्छिन् ।

आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ । तर, उपयोगका रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् । जहाँ लक्ष्मीको सेवा हुन्छ, त्यहाँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको बाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् । मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुवै पाउँदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो । त्यसैले, यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भनी नीतिकारहरूले भनेका छन् ।

लक्ष्मी प्रसन्न राख्न सरसफाइका साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् । केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा, सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटाघाटाहरू, मठ मन्दिरहरू, असहाय, दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ । आम्दानीको १० प्रतिशतमा आप्mनो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नुपर्ने हुन्छ । चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ । धन, पदार्थ र तत्व ज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँदा लक्ष्मीपूजा गर्ने साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ ।

सन्त, साधुहरूको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । भनिन्छ, लक्ष्मीका धेरै पाउमध्ये एक पाउ उत्पादनमा, उब्जनीमा रहेको छ । पृथ्वी जसलाई धरा भनिन्छ, धराको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ । लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ, जसले शुद्ध तत्वलाई सिञ्चन गरी पोषण दिन्छ । जलमा रहेकी लक्ष्मीलाई विज्ञानले विद्युतीकरणसमेत गरेर हराभरा बनाएको छ । उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्र साधनसमेत सजिलो बनेको छ । वृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलपूmलको सिर्जनामा सहायक सिद्ध भएकी लक्ष्मीको अर्को पाउ ताप शक्ति अग्निमा रहेको छ ।

वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ । बाहिर देखिएको ताप शक्ति, सौर्य ऊर्जादेखि मानव हृदयभित्रको जठराग्निसमेतमा रहेर आप्mनै शक्तिद्वारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आप्mनो कार्य सञ्चालन गरिरहेकी हुन्छिन् । लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादितामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्य बोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहार बिहारमा लक्ष्मीको पाउ अडेको हुन्छ । यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषका कारण होइन, आचरण पवित्रतामा हुनुपर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै विवेक, संयम, आत्मसंयमी व्यक्तिमा लक्ष्मीको बास रहेको हुन्छ । महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रशस्त चर्चा भएको छ । वेदले लक्ष्मीको सदैव वन्दना गरेको छ ।

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School