गरिबी निवारणको आधार शिक्षा : RajdhaniDaily.com

गरिबी निवारणको आधार शिक्षा : RajdhaniDaily.com


मानिसको सामाजिक, आर्थिक, सांस्कृतिकलगायतको विकासमा शिक्षामा महत्वपूर्ण भूमिका हुन्छ । भनिन्छ, आजको युगमा शिक्षा ज्ञानका लागि मात्र अध्ययन गरिंदैन, आयआर्जन गर्ने ज्ञान तथा सीप आर्जनका लागि अध्ययन गरिन्छ । ज्ञानरूपी शास्त्रको शास्त्रार्थ गर्ने, तर्कवितर्क गर्ने, अवधारणाको निर्माण गरेर मात्र शिक्षाको सार्थकता पूरा हुन सक्दैन । शिक्षित व्यक्ति आर्थिक रूपमा सम्पन्न हुन कुनै पनि पेसामा दक्ष हुनुपर्छ । शिक्षितहरूले आप्mनो तथा परिवारको गास, वास, कपासजस्ता आधारभूत आवश्यकता पूरा गर्नु शिक्षाको आर्थिक कार्य हो ।

हाम्रो देशको सन्दर्भमा उच्चशिक्षा हासिल गरेर पनि स्वदेशमा आयआर्जनको लागि विदेश जानुपरेको छ । शिक्षाले स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु अनिवार्य सर्त हो । शिक्षाका उद्देश्यमध्ये एउटा अत्यन्त महत्वपूर्ण उद्देश्य भनेको पढिसकेपछि शिक्षित नागरिक आर्थिक रूपमा सक्षम हुन सक्नु हो । अर्थोपार्जनका लागि शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने ज्ञान र सीपको आवश्यकता हुन्छ । कृषि, पशुपालन, उद्योग, व्यापार, कला, साहित्य, विज्ञान, प्रविधि, खोज, अनुसन्धान गर्ने क्षमता प्रदान गर्न नसक्दा देशमा शैक्षिक बेरोजगार तथा गरिबी ठूलो समस्याका रूपमा देखिएको छ । विश्वविद्यालयसम्मको अध्ययन गर्दा पनि आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी हुने र स्वरोजगारको ढोका खोल्न सक्ने सार्मथ्यता हुन नसक्नु भनेको आयआर्जनको क्षेत्रमा शिक्षा प्रभावकारी हुन नसक्नु हो ।

शिक्षाले व्यावसायिक दक्षता प्रदान गर्न नसक्दा देशमा शिक्षित बेरोजगार भएका हुन् । कुनै पनि विषयमा शिक्षा आर्जन गरिसकेपछि जीवनका आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्षम हुनुपर्दछ भन्ने मान्यता राखिन्छ । यसका लागि शिक्षा व्यावहारिक तथा रोजगारमूलक हुनुपर्छ । देशमा शिक्षालाई व्यावसायिक तथा जीवन उपयोगी बनाउनुपर्छ भन्ने बहस भइरहेको छ । तर, कस्तो शिक्षाले व्यक्ति, समाज र सिंगो देशको आर्थिक उन्नति हुन सक्छ भन्ने सम्बन्धमा ठोस मार्गचित्र बनाउन राज्यलगायत सम्बन्धित निकाय सफल भएको अवस्था छैन ।

हरेक व्यक्ति सम्पन्न हुनु भनेको समाज तथा देश धनी हुनु हो । सैद्धान्तिक शिक्षाले आर्थिक समृद्धि ल्याउन सक्दैन । शिक्षाले व्यक्तिलाई आप्mनो खुट्टामा उभिई आप्mना आवश्यकता पूरा गर्न सक्ने नबनाएसम्म गरिबी निवारण हँुदैन । व्यक्तिलाई आर्थिक रूपमा सक्षम बनाउन पेसामैत्री शिक्षाको खाँचो हुन्छ । व्यक्तिको इच्छा तथा क्षमताअनुसार व्यवसाय रोज्ने, खोज्ने तथा आयआर्जनगरी सहज जीवनयापन गर्र्ने क्षमता भएमा मात्र शिक्षत जनशक्तिले अभावको जीवन बिताउनुपर्दैन । हरेक शिक्षित जनशक्ति आयआर्जन गर्न सक्षम भएमा समाजमा रहेको गरिबी हटेर जान्छ ।

विश्व विद्यालयसम्मको अध्ययन सक्दा पनि आफ्नो खुट्टामा उभिने सामथ्र्य वर्तमान शिक्षाले दिन सकेको छैन

मानव सूचकांकमा नेपाल धेरै पछाडि छ । बेरोजगारीकै कारण प्रतिव्यक्ति आय न्यून भएको हो । हाम्रोजस्तो गरिब तथा पछाडि परेको देशमा शिक्षाले आर्थिक स्तर बढाउन प्रभावकारी भूमिका खेल्नुपर्छ । शिक्षामा व्यक्तिलाई उद्यमी, उत्पादनमुखी तथा व्यावसायिक बन्न सक्ने ज्ञान तथा सीप सिकाउन नसक्दा शैक्षिक बेरोजगार व्याप्त भएको छ । तसर्थ, शिक्षालाई वैज्ञानिक, प्राविधिक तथा सीपमूलक बनाउनुपर्छ । शिक्षाले खोज, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा काम गर्न सकेको छैन । हाम्रो शिक्षा प्रणाली यहीँ चुकेको छ ।

देशमा कृषि क्षेत्र अलपत्र छ । शिक्षा र आधुनिक कृषि प्रणालीबीच सम्बन्ध छैन । आधुनिक तथा व्यावसायिक कृषि उत्पादन गर्न कृषि शिक्षा चाहिन्छ । कृषिप्रधान देशका विद्यार्थीले आधुनिक कृषि प्रणाली’bout पढ्न पाउँदैनन् । देशमा प्रशस्त पानी छ । पानीको उपयोग गरी आयआर्जन गर्ने ज्ञान तथा सीपको क्षेत्रमा शिक्षा असफल छ । यसैगरी, हाम्रा विद्यालय र विश्वविद्यालय वरिपरि महत्वपूर्ण खनिज पदार्थ छन् । यिनीहरूको पहिचान, उत्खनन र उपयोग गर्न सक्ने शिक्षाको अभाव छ । जैविक विविधताअनुसार औषधिजन्य जडीबुटी प्रशस्त छन् । यिनीहरूको पहिचान तथा उपयोग हुन सकेको छैन ।

हाम्रो देशको शिक्षाले शिक्षितलाई न त रोजगारी पाउन सक्ने बनायो न त स्वरोजगारको सिर्जना गर्न सक्ने उद्यमी बनाउन सक्यो । वास्तवमा हाम्रो शिक्षाले विकसित देशका लागि कामदार उत्पादन गर्ने काम गरिरहेको छ । शिक्षित युवाहरूमा कुनै पनि काम गर्न सक्ने क्षमता नहुनु भनेको शिक्षाले गरिबी हटाउन नसक्नुको अर्थमा बुभ्mन राज्यले ढिला गर्नुहुँदैन ।

त्यसो त शिक्षाको कार्य व्यापक छ । हाम्रो जस्तो आर्थिक रूपले पछाडि परेको देशमा शिक्षाले सबैभन्दा पहिले व्यक्ति र समाजको गरिबी हटाउन मद्दत गर्नुपर्छ । यसको अर्थ पढेलेखेपछि शिक्षालयबाट प्राप्त ज्ञानका आधारमा आयआर्जन गर्ने क्षमता हुन पर्छ भन्ने हो । यो क्षमता आपूmले पढेको विषयका आधारमा आर्जन गर्नुपर्छ । देशमा डेढ दर्जनको संख्यामा विश्वविद्यालय छन् । यी उच्च शिक्षालयबाट लाखौंको संख्यामा विभिन्न संकाय तथा विषय विज्ञ उत्पादन हुने गर्छन् । तर, यो जनशक्ति आयआर्जनको खोजीमा बिदेसिनुपरेको छ ।

विश्वविद्यालयसम्म अध्ययन गरेको जनशक्तिमा देशमा भएको प्रकृतिक स्रोत र साधनको उपयोगगरी आयआर्जन गर्न सक्ने क्षमता छ त ? शिक्षितहरूमा भिन्न दृष्टिकोण, मौलिक ढंग तथा नयाँ सिर्जना गर्न सक्ने ज्ञान तथा सीप आर्जन भएको छ त ? आयआर्जनको अवसर नभएकै कारण शिक्षित युवा रोजगारीको खोजीमा विदेश पलायन भएका होइनन् र ? देशको विश्वविद्यालयसम्म अध्ययन गरेर अरूको देशमा निम्नस्तरको काम गर्नुपरेको यथार्थलाई आदर्शले ढाकेर नढाकिने अवस्था छ । स्वदेशमा भएका शिक्षित युवापुस्ताको ठूलो संख्याले गरिबीको सामना गरिरहनुपरेको छ । यही गरिबीको चक्रलाई पन्छाउनका लागि हरेक दिन शिक्षित जनशक्ति पलायन भएको वास्तविकताले हाम्रो शिक्षाले गरिबी हटाउन नसकेको प्रमाणित गर्छ ।

त्यसो त शिक्षाको कार्य अर्थोपार्जन मात्र होइन । यसको कार्य व्यापक छ । शिक्षाले मष्तिष्कको विस्तृतीकरण गर्छ । सामाजिक शिष्टाचार, आदर्शमैत्री दृष्टिकोण, असल आचरण, सांस्कारिक चिन्तन, ईश्वरीय विचार, शान्त स्वभाव, विवेकशील अभ्यासको विकास गर्नु पनि शिक्षाको काम हो । प्रजातान्त्रिक आचरणको विकासमा पनि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । संकुचित विचारका पर्खाल भत्काएर उदार व्यवहारको निर्माणमा शिक्षाको आलोक अनिवार्य सर्त हो । शिक्षाविद् कमेनियसले एउटा सिंगो मानिसको सम्पूर्ण विकास नै शिक्षा हो भनेका छन् । यस कोणबाट हेर्दा पनि शिक्षा सर्वज्ञान आर्जनको माध्यम हो ।

पृथ्वीलोकमा गरिने सबैजसो चमत्कार गरिसकेपछि विकसित देशका मानिस अन्य ग्रहमा बस्ती बसाउने तरखरमा छन्

शिक्षा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण हुँदै जाने प्रक्रिया हो । हाम्रो शिक्षाले स्थानीय क्षेत्रमा भएको प्राकृतिक स्रोत, साधन, ऊर्जा उत्पादन, पर्यटन, जल, जमिन, जडीबुटी, आदिको पहिचान तथा उपयोग गर्न सक्ने क्षमता भएको जनशक्ति उत्पादन गर्न सकेन । फलतः शिक्षितले स्थानीय ठाउँमा आयआर्जनका बाटा र पाटा पहिल्याउन सकेनन् ।

आज विकसित देशले गरेको चमत्कारिक विकासको आधार शिक्षा हो । आज विकसित देशका नागरिक रोजगारीका लागि भौतारिनुपर्दैन । त्यहाँका विश्वविद्यालयले आप्mनो देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने शिक्षा प्रदान गरे । विज्ञान र प्रविधिको विकास गरे । उद्योगीकरण गर्न सफल भए । देशका नागरिकलाई राजगार दिन सफल भए । काम गर्ने मानिसको अभाव भएकाले अन्य देशहरूबाट कामदार झिकाए । यसरी उनीहरू आर्थिक रूपमा सम्पन्न हुँदै गए ।

शिक्षाकै जगबाट आज विकसित देशका मानिस चन्द्रलोकमा पुगेका हुन् । मंगल र बृहस्पति ग्रहमा मानवजीवनको सम्भावनाको खोजी गरिरहेको छ । आकासमा उडेका छन् । पानीमा हिँडेका छन् । पृथ्वीलोकमा गर्न पर्ने सम्पूर्ण चमत्कारपूर्ण विकास गरिसकेपछि अन्य ग्रहहरूमा बस्ती सराइ गर्ने तरखरमा छन् । उल्लिखित विकासको आधार शिक्षा हो । तर, बुझुनपर्ने करा के छ भने यो विज्ञानको आविष्कार गर्नुभन्दा पहिले उनीहरूले शिक्षालाई आयआर्जनसँग जोडे । नागरिकलाई गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सहज पहुँच प्रदान गरे ।

अन्त्यमा मानिसलाई अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउने माध्यम शिक्षा हो । देशका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न शिक्षामा परिवर्तन गर्नुपर्छ । शिक्षालाई पेसामैत्री बनाउनुपर्छ । हाम्रो जस्तो गरिब मुलुकका नागरिकलाई आयआर्जनका ढोका खाली दिने काम शिक्षाले गर्नुपर्छ । यसर्थ, शिक्षालाई गरिबी निवारणको माध्यम बनाउन विलम्ब नगरौं ।

(Visited 10 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School