गतबर्ष अध्ययनका लागि अमेरिका आएका २१ बर्षका कोशलको साथीलाई बचाउन खोज्दा डूबेर मृत्यु



प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार

गतबर्ष अध्ययनका लागि अमेरिका आएका २१ बर्षका कोशलको साथीलाई बचाउन खोज्दा डूबेर मृत्यु

गबर्षमात्र अध्ययनका लागि अमेरिका आएका २१ बर्षका कोशल पराजुलीको डुब्न लागेका साथीलाई बचाउन खोज्दा आफै डूबेर मृत्यु भएको छ । ओक्लाहोमामा रहेको टर्नर फल्सपार्कमा पौडी खेल्ने क्रममा उनले पानीमा डुव्न लागेको साथीलाई बचाउने प्रयास गरेका थिए ।

रुपन्देहीको मणिग्रामबाट विद्यार्थी भिसामा अमेरिकाको अलावामामा आएका उनी ३ हप्ताअगाड़ी मात्र पढ़ाईको क्रममा टेक्ससमा बसाई सरेका थिए । उनीहरु सोमबार बेलुका टर्नर फल्सपार्कमा गएका थिए । पाल्पाको दर्पुकबाट मणिग्राम बसाई सरेका पशुपति पराजुली र सपना पराजुलीका छोरा कोशलको मृत्युसँगै एउटा सपनाको दुखद अन्त्य भएको छ ।

कोशलको अन्तिम संस्कार लगायतका कार्यहरु सम्पन्न गराउनका लागी आर्थिक सहयोगको आवश्यकता भएकाले सहयोग जुटाउन गोफण्डमीमा अभियान सुरु गरिएको छ । कमल पोखरेल र परिवारका तर्फबाट सुरु गरिएको गोफण्डमीमा सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

पाँचजना साथीहरु मिलेर पौडी खेल्ने क्रममा उक्त घटना भएको जनाइएको छ । डूबेकी  नेपाली विद्यार्थी झापाकी सुरक्षा घिमिरेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटना सोमबार बेलुका ८ बजेर ३२ मिनेटमा भएको जनाइएको छ । डेभिस प्रहरी र मुरे काउन्टीको ईएमएस एकजना डुबेको जानकारी पाएर घटनास्थलमा पुग्दा दुईजना डुबेको थाहा पाएका थिए ।

डुबेकी महिलालाई परिवारका सदस्यहरू र देखेका अन्यले पानीबाट बाहिर निकालेका थिए । त्यसपछि ईएमएसले उनको उद्दार गरेका थिए । डेभिस फायर डिपार्टमेन्टका सदस्यहरू कोशललाई खोज्न पानीमा प्रवेश गरेका थिए । उनीहरु आएको १५ मिनेटमै ८ फिट तल पानीबाट कोशलको उनको शव निकालिएको थियो ।

उनी करिब २५ मिनेटसम्म पानीमुनि रहेको अनुमान गरिएको थियो । उनलाई पुनर्जीवित गर्ने प्रयास गरिएको थियो तर उक्त प्रयास सफल हुन सकेन । उनलाई मुर्रे काउन्टी ईएमएसले राति ९ बजेतिर मृत घोषणा गरेको थियो। उनीहरु पौडी खेल्न टर्नर फल्स पार्कमा बन्द गरिएको पौडी क्षेत्रमा गएको डेभिस फायर डिपार्टमेन्टले जनाएको छ ।

गतबर्ष अध्ययनका लागि अमेरिका आएका २१ बर्षका कोशलको साथीलाई बचाउन खोज्दा डूबेर मृत्यु





Source link

Leave a Comment