गण्डकीमा सभामुखसमेतको समर्थनमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै

गण्डकीमा सभामुखसमेतको समर्थनमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै


२५ चैत, काठमाडौं । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।

त्यसैले नेकपा एमालेले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी केन्द्रका आठै जना प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गण्डकी प्रदेशमा सभामुख धितालसहित नेकपा माओवादी केन्द्रका आठ सदस्य छन् ।

यसैगरी नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले पनि मुख्यमन्त्रीमा आजै दाबी पेस गर्ने जानकारी दिए । ‘सभामुखलाई लागि राजीनामा गराएर जाने कि नगराई जाने भन्नेमा छलफलमा छौं तर आजै दाबी पेस गर्छौं,’ प्रमुख सचेतक नेपालीले भने ।

सत्ता गठबन्धनका नेताहरुका अनुसार नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि गठबन्धनमा समेटिएको छ । उनले पनि एमाले नेता अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएका छन् ।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School