झन्डै २ वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्धले युरोप आक्रान्त थियो । डेढ महिनाअघि हाम्रै दुई छिमेकी भारत र पाकिस्तानबीचको द्वन्द्वले भयावह रूप लिन खोज्यो । भारत–पाकिस्तानबीचको तनाव अझै सकिएको छैन । थोरै समयका लागि स्थगित भएको भनिँदै छ । यसैबीच एसियाका दुई मुलुकहरू इजरायल र इरानबीचको लडाइँले विश्वभरि नै तरंग ल्याएको छ । त्यसो त इजरायलको गाजा क्षेत्रमा हमास, लेबनानमा हिजबुल्लाह र यमनमा हुथीविरुद्धको कारबाहीले मध्यपूर्व तनावग्रस्त नै थियो । उल्लिखित सबै संगठन इरानको प्रत्यक्ष वा परोक्ष समर्थन वा सहयोगमै सञ्चालित हुन् । अहिले इरान र इजरायल प्रत्यक्ष रूपमै युद्धमा होम्मिन पुगेका हुन् । यी दुई देशबीचको युद्ध सुरु भएको साता दिन बित्दा नबित्दै भयावह रूप लिन थालेको छ । बिस्तारै अरू मुलुकको संलग्नता बढ्दै जाने र अरू क्षेत्रमा व्याप्त तनावहरू पनि यसैसँग जेलिएर विश्व युद्धको रूप लिने त होइन भन्ने आशंकासमेत हुन थालेको छ । इरान र इजरायलबीचको यसपटकको द्वन्द्वको सुरुवात इजरायलले गरेको हो । तर, दुई देशबीचको तनाव दशकौं पुरानो हो र सानोतिनो झडप बेलाबेलामा हुँदै गरेको नै हो ।
इजरायल र इरानबीचको शत्रुतालाई बुझ्न इतिहासको अलि पुरानो कालखण्डमा फर्किनुपर्ने हुन्छ । परापूर्व कालदेखि नै इस्लाम र यहुदीबीच एकखाले द्वेष रहिआएको छ । इस्लामले सुरुदेखि नै यहुदीलाई ‘शतान’ (शैतान) मान्यो । त्यो किन र कसरी भन्नेतर्फ नजाऔं । सायद इस्लाम धर्मको स्थापना कालमा स्थापना क्षेत्रको ’round विद्यमान प्रमुख धर्ममध्येको एक यहुदी भएको हुँदा विद्रोहको प्रतीकस्वरूप त्यस्तो दुश्मनी हुन गएको हुनसक्छ । त्यसो त इस्लामले यहुदी मात्र होइन सबै गैरइस्लाम अर्थात् अल्लाहको सर्वोच्चता स्वीकार नगर्ने सबैलाई काफीर (विधर्मी) मान्छन् । उनीहरूका अनुसार काफीरको विनाश गर्नु धार्मिक कार्य हो । कट्टर इस्लाम अनुयायीहरू एक काफीरलाई नष्ट गर्नु भनेको जन्नतमा (स्वर्ग) ठाउँ पाउनु हो भन्ने ठान्छन् । काफीरमध्ये पनि यहुदीलाई चाहिँ उनीहरू सबैभन्दा खतरनाक दुश्मन ठान्छन् । वास्तवमा यहुदी वा अन्य काफीरको अस्तित्व समाप्त पार्नु कट्टर इस्लामले आफ्नो धर्म ठान्छन् । आजको विश्वमा हेर्ने हो भने सभ्य समाजले आतंकवाद भन्ने गरेको ९० प्रतिशत घटनाहरू इस्लामको यही कट्टरताको उपज हो भन्दा फरक नपर्ला ।
इरान राष्ट्र र वर्तमान राज्यको ऐतिहासिक विकासक्रमलाई थोरै केलाउँदा वर्तमान द्वन्द्वलाई बुझ्न सजिलो हुन्छ । तत्कालीन पर्सिया वा आजको इरानमा २५०० वर्षभन्दा बढी समय राजतन्त्र रह्यो । राजवंश भने बदलिरह्यो । इरानका अन्तिम राजा मुहम्मद रेजा पहलवीको राजवंश उनका पिताको समयमा मात्र सुरु भएको हो । त्यसभन्दा अघि अर्कै वंश थियो । पिता पहलवीलाई पनि अपदस्थ गरेर छोरा मुहम्मद रेजा पहलवीलाई शाह बनाइएको हो । यी रेजा पहलवी पनि बीचको केही कालखण्डमा अपदस्थ भएर पुनःस्थापना गरिएका थिए । इरानको इतिहास नै राजाहरूको क्रूरताका कथाले भरिएको छ । त्यसै भएर समयसमयमा विद्रोह हुने गरेको देखिन्छ । तर, २५५० वर्षभन्दा पहिलेका पर्सियाका राजा साइरसलाई चाहिँ इरानीहरू देवताको रूप मान्छन् । हेक्का रहोस्, साइरस इस्लाम थिएनन् ।
आधुनिक कालबाटै सुरु गरौं । इरानका जनताले २०औं शताब्दीको सुरुदेखि नै अत्याचारी अस्थिर राजतन्त्रको मार खप्नुप-यो । पेट्रोलियम भण्डारका कारण दुई विश्वयुद्धपश्चात् त इरानी भूमिमा पहिला बेलायत र रूसको र पछि अमेरिकाको अत्यधिक चासो र हस्तक्षेप रह्यो । विदेशीहरू र राजतन्त्रको चरम शोषणको दोहोरो मारमा इरान फस्यो । जनताचाहिँ गरिबीको मार खप्न बाध्य थियो । यस्तो परिस्थितिमा विद्रोहको ज्वाला दन्किनु स्वाभाविक थियो । मुहम्मद रेजा पहलवीले पछिल्लो कालखण्डमा उद्योग धन्दा, सडक यातायात र पूर्वाधारको विकास गरेका पनि हुन् । श्वेत क्रान्तिको –ह्वाइट रिभोलुसन) संज्ञा दिएर मुलुकलाई आधुनिकीकरणतर्फ अग्रसर गरेका पनि हुन् । महिला सशक्तीकरण र शिक्षाजस्तो क्षेत्रमा र आर्थिक स्तर उत्थानमा उल्लेखनीय सफलता हासिल पनि भयो । तर, शाहको विरोध गर्नेहरू वा शासन प्रणालीप्रति विमति राख्नेहरूविरुद्ध गुप्तचर दस्ता ‘सबाक’मार्फत अत्यधिक दमन गरियो ।
कुनै पनि युद्ध लड्नका लागि नियत वा लक्ष्य र क्षमता दुवै चाहिन्छ । इरानको नियत निश्चित रूपमा यहुदी वा कालान्तर अन्य सबै काफीरलाई समूल नष्ट गर्ने नै हो । यो उनीहरूको घोषित मान्यता हो, कुनै अतिशयोक्ति होइन । क्षमताचाहिँ उनीहरू विकास गर्दै छन् । अणुवम वा परमाणु हतियार विकास गर्न सक्यो भने पूर्ण रूपमा क्षमता विकसित हुने उनीहरूको विश्वास छ
विदेशी हस्तक्षेप र राजतन्त्रको अत्याचारका विरुद्ध वामपन्थी एवं दक्षिणपन्थीहरूको विद्रोहले उग्र रूप लिन थाल्यो । त्यसमा मुलुकको आधुनिकीकरण वा पश्चिमा प्रभावप्रति घोर विरोध भएको चरमपन्थी धार्मिक समूह हावी हुन पुग्यो । फ्रान्समा निर्वासनमा रहेका शिया धर्मगुरु आयातोल्लाह रोहल्ला खुमेनीको चामत्कारिक उदयले सन् १९७९ मा इरानी राजा शाह मुहम्मद रेजा पहलवी देशबाट भाग्न बाध्य भए । सन् १९७९ को सुरुदेखि नै इरान धार्मिक शरिया कानुनअन्तर्गत चल्ने मुलुक रहिआएको छ । शरिया कानुन भनेको परम्परागत इस्लामी कानुन हो । उदाहरणका लागि त्यस कानुनअन्तर्गत महिलाहरूले हिजाबले आफ्नो मुहार छोप्नुपर्ने हुन्छ ।
केही महिनाअघि मात्र एउटी १४ वर्षीया बालिकालाई हिजाब नलगाएको अपराध खुलेआम सडकमा कोरा हानिएको थियो । इरान राज्यले नै कट्टर इस्लामी कानुनलाई बढावा दिन्छ । त्यहाँको राज्य प्रणालीमा राष्ट्रपति वा संसद् आदि भए पनि सर्वाधिकार सम्पन्न सर्वोच्च व्यक्तिचाहिँ सर्वोच्च धार्मिक नेता हुन्छन् । सन् १९७९ को आयातुल्लाह खुमेनीको उत्तराधिकारीका रूपमा अहिले आयातुल्लाह खामेनी इरानका सर्वोच्च नेता छन् । इरानको शासन सत्ताले सैद्धान्तिक रूपमै यहुदी देश इजरायलको अस्तित्व समाप्त गरिनुपर्छ भन्छ । इरानको सत्ताले अमेरिकालाई ‘ठूलो शतान (शैतान)’ र इजरायललाई ‘सानो शतान’ को संज्ञा दिएको छ ।
कुनै पनि युद्ध लड्नका लागि नियत वा लक्ष्य र क्षमता दुवै चाहिन्छ । इरानको नियत निश्चित रूपमा यहुदी वा कालान्तर अन्य सबै काफीरलाई समूल नष्ट गर्ने नै हो । यो उनीहरूको घोषित मान्यता हो, कुनै अतिशयोक्ति होइन । क्षमताचाहिँ उनीहरू विकास गर्दै छन् । अणुवम वा परमाणु हतियार विकास गर्न सक्यो भने पूर्ण रूपमा क्षमता विकसित हुने उनीहरूको विश्वास छ । यता, इजरायल वा अमेरिकाले यो कुरो राम्रै बुझेको छ । इजरायल वा अमेरिका मात्र होइन सारा विश्वले आणविक हतियार नभएको इरान त यति खतरनाक हुनसक्छ भने आणविक शक्ति सम्पन्न इरानले कस्तो वितण्डा मच्चाउला भन्ने नबुझ्ने कुरो भएन । इजरायल, अमेरिका र अन्य कतिपय राष्ट्र इरानलाई आणविक हतियार सम्पन्न हुनबाट रोक्न दृढ देखिन्छन् । त्यसो भएर इजरायलको प्रथम लक्ष्य इरानको आणविक केन्द्रहरूलाई नष्ट गर्ने रहेको छ । बताइएअनुसार इरान आणविक हतियार बनाउनबाट दुई साता मात्र टाढा छ । सायद त्यसै भएर अमेरिकी राष्ट्रपति ट्रम्प भन्दै छन्,
इरानसँग अणुवम हुनुहुन्न, अमेरिकाले प्रत्यक्ष आक्रमणका लागि दुई साताभित्र निर्णय गर्नेछ ।’ सायद दुई–चार दिनमै अमेरिकी आक्रमण सुरु हुनेछ । इरानको सबैभन्दा ठूलो आणविक केन्द्र जमिनको निकै मुनि छ र त्यसलाई नष्ट गर्न चाहिने बी–५२ वमवर्षक जहाज र डिप मिसाइल अमेरिकासँग मात्र छ । इजरायललाई अमेरिकी सहयोग चाहिन्छ नै । परिस्थितिले अमेरिकालाई त्यसतर्फ धकेलिसकेको छ । तर, योचाहिँ इरानको क्षमता नष्ट गर्ने मात्र कुरो भयो ।
इजरायल इरानको नियतलाई समेत ध्वस्त पार्ने मुडमा देखिन्छ । अर्काको अस्तित्वलाई नस्विकार्ने वा काफीर अथवा यहुदीलाई समूल नष्ट गर्ने नियत वा लक्ष्य भनेको धर्मान्ध कट्टर इस्लामी सोचको उपज हो । इजरायलले त्यस सोचको मूल स्रोत आयातुल्लाह खामेनीलाई मानेको छ । खामेनीका ’roundका धेरै जनाको विनाश भइसकेको छ । निश्चित रूपमा खामेनी वा उनका छोरा मुजतवा इजरायलको निसानामा छन् । इरानको वर्तमान सत्ता संरचनाको ढाँचा पुरै नष्ट गर्न इजरायल प्रतिबद्ध देखिन्छ । विकल्पका रूपमा उदारवादी निर्वासित युवराज पहलवी (स्वर्गीय शाह पहलवीका छोरा) वा स्वयं खामेनीका भतिजा मुहम्मद मराकानीजस्ता व्यक्तित्वहरू सतहमा देखिन थालिसकेका छन् ।
इरानको वर्तमान शासन सत्ता र आणविक क्षमता दुवै ध्वस्त नहुन्जेल यो द्वन्द्व रोकिने अवस्था छैन । यत्रो द्वन्द्वमा उत्रिएपश्चात् इजरायलले पनि क्षति ब्यहोर्नुपर्ने हुन्छ । त्यसका लागि इजरायल तयार देखिन्छ । अब यस द्वन्द्वमा कोको मिसिन पुग्छन् ? हेर्न बाँकी नै छ । इरानको परम्परागत मित्र मानिएका रूस र चीन सम्भवतः प्रत्यक्ष भिड्न उत्रनेछैनन् । इस्लामी पाकिस्तानले त अमेरिकासँग गुप्त सम्झौता गरेर इरानविरुद्धको आक्रमणका लागि हवाई आधार नै उपलब्ध गराउने भएको अनुमान गरिँदै छ । टर्की वा उत्तर कोरियाले के गर्ला ? अनुमान गर्न गाह्रो छ । तर, इरानका लागि आफ्नो हात जलाउन कमै तयार होलान् कि !
(Visited 36 times, 1 visits today)
