खाना, नास्ता र सुत्न मात्र १ हजार भए पुग्ने होमस्टे सञ्चालनमा



प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।

पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका लागि १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् ।

सामुदायिक घरवासमा ती घर परिवारका सदस्य आबद्ध रहेको घरवास सञ्चालक समिति अध्यक्ष देउकुमारी सारूले जानकारी दिनुभयो ।

खाना, नास्ता र सुत्न मात्र १ हजार भए पुग्ने होमस्टे सञ्चालनमा

उहाँका अनुसार पर्यटकलाई प्रतिव्यक्ति १ हजारको प्याकेजको व्यवस्था मिलाइएको छ ।

स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । स्थानीय उत्पादनका परिकार खुवाइन्छ ।

पर्यटकको मागअनुसार कोदोको ढिँडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटी लगायका परिकारको स्वाद लिन पाइनेछ ।

पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय कला संस्कृति पर्यटकलाई देखाइनेछ । यस क्षेत्रमा ९० बढी मगर समुदायको बसोबास रहेको छ ।

घरवास सञ्चालनका लागि गाउँपालिकाले स्थानीयलाई तालिम दिएपछि औपचारिक रुपमा घरवास थालनी गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

खाना, नास्ता र सुत्न मात्र १ हजार भए पुग्ने होमस्टे सञ्चालनमा

समुद्र सतहदेखि करिब १ हजार २ सय मिटर उचाइमा रहेको छ । रानीबास गाउँको बीचमा रहेको चुर्की थानबाट उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाको मनोरम दृश्य देख्न सकिन्छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School