खलिललाई हिरासतमुक्त गर्न अमेरिकी अदालतद्वारा अस्वीकार



प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार


अमेरिकी संघीय न्यायाधीश माइकल फर्बिआर्जले महमुद खलिललाई हिरासतबाट रिहा गरिनुपर्ने अनुरोध अस्वीकृत गरेका छन्। उनले अमेरिकी सरकारले उनलाई अघिल्लो आदेशको उल्लंघन गर्दै थुनामा नराखेको बताएका छन ।

बुधबारको निर्णयमा न्यायाधीश फर्बिआर्जले भनेका थिए कि महमुद खलिललाई अमेरिका निकाला गर्ने वा थुनामा राख्ने निर्णय केवल विदेशमन्त्री मार्को रुबियोको भनाइमा आधारित भएर गर्न मिल्दैन ।

रुबियोले खलिलको उपस्थिति “संवेदनशील अमेरिकी विदेश नीति हितमा खतरा पुर्याउने” बताएका थिए।

खलिललाई हिरासतमुक्त गर्न अमेरिकी अदालतद्वारा अस्वीकार

खलिललाई हिरासतमुक्त गर्न अमेरिकी अदालतद्वारा अस्वीकार

तर अमेरिकी सरकारले अदालतलाई दिएको जानकारी अनुसार खलिललाई अर्कै कारणले हिरासतमा राखिएको हो । “उनी अमेरिका प्रवेशको समयमै अयोग्य थिए” भन्ने आधारमा उनलाई हिरासतमा राखिएको सरकारले बताएको छ ।

सरकारी पक्षको यो तर्कलाई स्वीकार गर्दै न्यायाधीश फर्बिआर्जले खलिल एक कानुनी स्थायी बासिन्दा भए तापनि उनलाई आप्रवासन मुद्दाका आधारमा थुनामा राख्न सकिने बताएका छन ।

खलिलको स्थायी बासिन्दा बन्ने आवेदनमा गलत विवरणहरू रहेको आरोपमा पनि उनलाई थुनामा राखिएको सरकारले बताएको हो। तर खलिलका वकिलले यी आरोपहरू प्रष्ट रूपमा राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिएका बताएका छन्।

महमुद खलिलको मार्चमा भएको गिरफ्तारी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तर्राष्ट्रिय विद्यार्थी प्रदर्शनकारीविरुद्धको कारबाहीको सबैभन्दा चर्चित घटना बनेको थियो । उनको गिरफ्तारीको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

एप्रिलमा उनको पहिलो सन्तान जन्मिएको बेला उनी अझै हिरासतमा थिए । यस घटनाले अन्तर्राष्ट्रिय रूपमा ध्यान खिचेको थियो।

खलिललाई हिरासतमुक्त गर्न अमेरिकी अदालतद्वारा अस्वीकार

सिरियामा जन्मिएका खलिल प्यालेस्टिनी शरणार्थी परिवारका सदस्य हुन् । उनी २०२२ मा अमेरिका आएका थिए । जहाँ उनले कोलम्बिया विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त पनि गरे । उनले अमेरिकी नागरिक नूर अब्दल्लासँग विवाह गरेका थिए ।

महमुद खलिलको मुद्दाले अमेरिकी आप्रवासन नीति, राजनीतिक प्रतिशोध र नागरिक स्वतन्त्रताबीचको जटिल सम्बन्धलाई उजागर गरेको छ ।

पहिलो पटक बुबा बनेको व्यक्तिलाई हिरासतमा राख्नु र उनको अभिव्यक्तिको स्वतन्त्रतामा संकुचन आउनु गम्भीर प्रश्न उठाउने विषय बनेको विश्लेषकहरुले बताएका छन ।





Source link

Leave a Comment