क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु, आक्रमणकारी पूर्व सैनिक रहेको खुलाशा

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु, आक्रमणकारी पूर्व सैनिक रहेको खुलाशा



प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर दारुवरको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको हो ।

आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए र पछि क्याफेमा पक्राउ परेका थिए। उनको साथबाट हतियार समेत बरामद भएको छ ।

आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने कुरा गरेका छन् ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई ‘भयानक आक्रमण’ भनेर वर्णन गर्दै पीडितहरूप्रति समवेदना व्यक्त गरे। स्थानीय मिडियाबाट प्राप्त जानकारी अनुसार आक्रमणकारी एक पूर्व सैनिक हुन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School