क्रीमिया रुसलाई दिने मनस्थिति जेलेन्स्कीले बनाएको ट्रम्पको दावी



प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की क्रीमिया रुसलाई दिने मनस्थितीमा रहेको बताएका छन । उनले शान्ति सम्झौताका लागि जेलेन्स्कीले यो मनस्थिति बनाएको दावी गरेका हुन ।

यद्यपि युक्रेनले यसअघि यस्तो प्रस्तावहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले २०१४ मा अवैध रूपमा अधिग्रहण गरेको क्रीमिया प्रायद्वीपबारे पत्रकारहरूले सोध्दा ट्रम्पले युक्रेनी नेता जेलेंस्की उक्त क्षेत्र रुसलाई सुम्पन तयार रहेको संकेत गरे ।

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई गोली चलाउन रोकेर र दुई हप्ताभित्र सम्झौता गर्न आग्रह गरेका छन् ।

क्रीमिया रुसलाई दिने मनस्थिति जेलेन्स्कीले बनाएको ट्रम्पको दावी

क्रीमिया रुसलाई दिने मनस्थिति जेलेन्स्कीले बनाएको ट्रम्पको दावी

उनले यो टिप्पणी भ्याटिकनबाट फर्किएपछि पत्रकारहरूसँग बोल्दा आएको हो । उनले पोप फ्रान्सिसको अन्त्येष्टिको क्रममा जेलेंस्कीसँग छोटो भेट गरेका थिए ।

उनका अनुसार त्यो बैठक “राम्रो” भएको र क्रीमिया विषयमा “छोटो रूपमा” छलफल भएको थियो ।

युक्रेनले भने पटक पटक कुनै पनि भूभागसम्बन्धी छलफल युद्धविरामपछि मात्र सम्भव छ भनेको छ । जेलेंस्की वा पुटिन दुबैले ट्रम्पको पछिल्लो टिप्पणीमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

यसैबीच जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियसले युक्रेनलाई कुनै व्यापक भू समर्पणसहितको सम्झौताबाट टाढा रहन चेतावनी दिएका छन् । उनले भने, “अमेरिकी राष्ट्रपतिको पछिल्लो प्रस्ताव युक्रेनको आत्मसमर्पण जस्तै हो। ”

पिस्टोरियसका अनुसार युक्रेनले कुनै समय सीमित भूभाग गुमाउनु पर्ने अवस्था आउन सक्छ, तर “ट्रम्पको प्रस्तावले खासै नयाँ केही दिन्छ भन्ने देखिन्न।”

क्रीमिया रुसलाई दिने मनस्थिति जेलेन्स्कीले बनाएको ट्रम्पको दावी

ट्रम्पले यसअघि नै भनेका थिए कि सम्झौताको “धेरैजसो मुख्य बुँदाहरूमा सहमति भइसकेको छ।” रिपोर्टहरू अनुसार प्रस्तावमा युक्रेनले क्रीमिया र पूर्वी लुहान्स्कसहित रुसद्वारा कब्जा गरिएका ठूला क्षेत्रहरू छाड्नु पर्ने देखिन्छ ।

अमेरिकाले क्रीमियाको रुसद्वारा गरिएको अवैध अधिग्रहणलाई कानुनी मान्यता दिने प्रस्ताव अघि सारेको छ । यस्तै, अन्य कब्जा गरिएको क्षेत्रहरूमा रुसको नियन्त्रणलाई स्वीकार गरिने उल्लेख छ।

युक्रेन र युरोपेली देशहरूले प्रस्तुत गरेको प्रतिप्रस्तावमा यस्ता संवेदनशील मुद्दाहरू युद्धविरामपछि मात्र छलफल गरिने भनिएको छ ।

अमेरिकी प्रस्तावअनुसार युक्रेनले नेटो सदस्य बन्ने बाटो बन्द हुनेछ । बेलायत तथा फ्रान्सको नेतृत्वमा गठित “इच्छुक राष्ट्रहरूको समूह” ले युद्धविरामपछि सुरक्षा प्रत्याभूति दिनेछ। युरोपेली पक्षले भने अमेरिकाले नेटो जस्तै सुरक्षाको कडा ग्यारेन्टी दिनुपर्ने जोड दिएका छन्।

अमेरिकी योजना अनुसार हाल रुसले नियन्त्रणमा लिएको आणविक प्लान्ट अमेरिका मातहत आउनेछ । जसबाट युक्रेन र रुस दुवैलाई विद्युत् आपूर्ति गरिनेछ । प्रतिप्रस्तावमा भने रुसलाई बिजुली दिने विषयमा केही उल्लेख गरिएको छैन ।

टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नेटोमा प्रवेशको चाहनाले युद्ध सुरु भएको आरोप लगाएका छन् । उनले क्रीमिया “रुसकै साथ रहने” दाबी गरेका छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रूस युक्रेन दुबै पक्षले शान्ति सम्झौता गर्न अग्रसर हुनुपर्ने बताए ।

सन् २०२२ मा सुरु भएको रूसी आक्रमणपछि रुसले अहिले झण्डै २० प्रतिशत युक्रेनी भूभागमाथि नियन्त्रण जमाएको छ।





Source link

Leave a Comment