क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई रुसले किन दियो चेतावनी ?

क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई रुसले किन दियो चेतावनी ?



प्रकाशित मिति : असार १०, २०८१ सोमबार

क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको रुसले बताएको छ । त्यसको प्रतिकृया दिर्द क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ । उसले अमेरिकी राजदूतलाई बोलाएर यो चेताबनी दिएको हो ।

मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ । रुसले उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाउनुभयो ।

विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको बताएको छ । पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वासिङ्टनले ‘यो अत्याचारका लागि किएभ शासनसँगै समान जिम्मेबारी लिन्छ’ र आक्रमण ‘दण्डविहीन हुने छैन’ भनेको छ ।

रुसले आइतबार भएको आक्रमण अमेरिकाले आपूर्ति गरेको एटिएसिएमस मिसाइलले क्लस्टर वारहेडले भरिएको बताएको छ ।

मस्कोद्वारा स्थापित स्थानीय अधिकारीहरूले मिसाइलले बलौटे सामुद्रिक तट र होटलहरू भएको बन्दरगाह सहरको एक क्षेत्रमा प्रहार गरेको बताएका छन् । आक्रमणमा घाइते भएका २७ बालबालिकासहित ८२ जनालाई अस्पतालमा भर्ती गरिएको छ ।

पुटिनले पश्चिमद्वारा युक्रेनलाई लामो दूरीको हतियार प्रदान गरेकामा आलोचना गर्नुभयो । रुसले सन् २०१४ मा क्रिमियामाथि एकपक्षीय कब्जा गरेको थियो ।

युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले सोमबार भन्नुभयो, “क्रिमिया युक्रेन हो ।” उहाँले सामाजिक सञ्जालमा भन्नुभयो, “रुसले क्रिमिया प्रायद्वीप छाड्नुपर्छ, त्यहाँ उनीहरूको सेना र सैन्य वस्तुहरूको अस्तित्व समाप्त हुनुपर्छ ।”

क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई रुसले किन दियो चेतावनी ?

युक्रेनी राष्ट्रपतिका वरिष्ठ सहयोगी मिखाइलो पोडोल्याकले पनि क्रिमियालाई वैध लक्ष्य भएको बताउनुभयो । सयौँ प्रत्यक्ष लक्ष्यहरूसहित क्रिमिया पनि ठूलो सैन्य शिविर र गोदाम हो, जसलाई रुसले आफ्नै नागरिकहरूसँग लुकाउने प्रयास गरिरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School