क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून अमेरिकी संसदबाट पारित



प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार


अमेरिकामा पहिलोपटक राष्ट्रिय स्तरको क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून पारित भएको छ । अमेरिकाका सांसदहरूले देशको इतिहासमा पहिलोपटक ठूलो राष्ट्रिय क्रिप्टोकरेन्सी कानून पारित गरेका हुन ।

यो कदम वर्षौंदेखि नियमनको माग गर्दै आएको क्रिप्टोकरेन्सी उद्योगका लागि ठूलो उपलब्धि मानिएको छ । गत वर्षको चुनावमा डोनाल्ड ट्रम्पलगायतका उम्मेदवारहरूलाई समर्थन गर्दै लाखौं डलर यसले खर्च गरेको थियो।

‘जिनियस एक्ट’ नाम दिइएको यो विधेयकले स्थिर मुद्रासँग सम्बन्धित नियामक ढाँचा तयार पार्छ । अमेरिकी डलरजस्ता भरपर्दो सम्पत्तिद्वारा समर्थित क्रिप्टोकरेन्सीहरू यसमा पर्छन्।

क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून अमेरिकी संसदबाट पारित

क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून अमेरिकी संसदबाट पारित

प्रतिनिधिसभाले बिहीबार विधेयक पारित गरेपछि ट्रम्पले शुक्रबार यसलाई कानूनमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । यसअघि यो विधेयक सेनेटबाट पनि पारित भइसकेको थियो।

यो विधेयक तीनवटा क्रिप्टोसम्बन्धी कानूनी प्रस्तावहरूमध्ये एक हो । जुन ट्रम्पले समर्थन गरेका छन् । ट्रम्पले पहिले क्रिप्टोलाई ‘ठगी’ भनेका थिए ।

तर उद्योगबाट समर्थन पाएपछि र व्यवसायिक रूपमा संलग्न भएपछि उनको धारणा परिवर्तन भएको देखिन्छ । ट्रम्पको विश्व लिबर्टी फाइनान्सियल जस्ता कम्पनीहरूसँग सम्बन्ध रहेको बताइएको छ।

स्थिर मुद्राहरूलाई एक.अन.एक अमेरिकी डलर वा अन्य न्यून जोखिमयुक्त सम्पत्तिबाट समर्थित हुनुपर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने यी मुद्रा कम उतारचढाव हुने मानिन्छ र विभिन्न क्रिप्टो टोकनहरूबीच रकम स्थानान्तरण गर्न प्रयोग गरिने यस विधेयकका मुख्य प्रावधानहरू रहेका छन ।

समर्थकहरूको भनाइ अनुसार यो विधेयकले क्रिप्टोकरेन्सी उद्योगलाई स्पष्ट नियमहरू दिनेछ छ । डिजिटल मुद्रा प्रयोगलाई मुख्यधारमा ल्याउने आशामा उद्योगले लामो समयदेखि यसका लागि दबाब दिँदै आएको थियो।

क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून अमेरिकी संसदबाट पारित

तर आलोचकहरूले यो कानूनले क्रिप्टो उद्योगमा नयाँ जोखिमहरू थप्नेछ बताएका छन । विशेष गरी स्थिर मुद्राहरूलाई वैधानिकता दिँदा उपभोक्ताहरूको सुरक्षाको पर्याप्त ग्यारेन्टी नहुन सक्ने खतरा औल्याएका छन ।

यो विधेयकले प्रविधि कम्पनीहरूलाई बैंकजस्तै काम गर्न दिन्छ, तर उनीहरूलाई बैंकजस्तै निगरानीमा नल्याउने, र यदि स्थिर मुद्रा कम्पनी असफल भयो भने ग्राहकहरू अल्झिने गरी जटिल दिवालिया प्रक्रिया भोग्नुपर्ने उनीको दाबी रहेको छ।

यसबाहेक आलोचकहरूले ट्रम्प र उनका परिवारले आफ्नै क्रिप्टो मुद्रा प्रवर्द्धन गरेको विषय उठाउँदै यस विधेयकको विपक्षमा मत मागेका थिए । तथापि, विधेयकले डेमोक्र्याट पार्टीका करिब आधा सदस्यहरू र अधिकांश रिपब्लिकनहरूको समर्थन पाएपछि संसदबाट पारित भएको हो ।





Source link

Leave a Comment