क्यालिफोर्निया-मेक्सिको सिमानामा ‘नयाँ सैन्य जोन’ स्थापना गर्ने ट्रम्प प्रशासनको घोषणा



प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार

क्यालिफोर्निया-मेक्सिको सिमानामा ‘नयाँ सैन्य जोन’ स्थापना गर्ने ट्रम्प प्रशासनको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यालिफोर्निया–मेक्सिको सिमानामा नयाँ सैन्यीकृत क्षेत्र स्थापना गर्ने घोषणा गरेको छ। यो कदमसँगै अमेरिकी सेनालाई सिमाना सुरक्षामा अभूतपूर्व रूपमा संलग्न गरिँदैछ।

डिपार्टमेन्ट अफ इन्टरियरका अनुसार क्यालिफोर्नियाको ठूलो भू–भागको सिमाना क्षेत्र नेभीको नियन्त्रणमा हस्तान्तरण गरिएको छ, जसले सार्वजनिक भूमिहरूले राष्ट्रिय सुरक्षा जोगाउन खेलेको ऐतिहासिक भूमिकालाई अझ सुदृढ गर्ने बताइएको छ। डिपार्टमेन्ट अफ इन्टरियरले उक्त क्षेत्रमा ठूलो संख्यामा गैरकानुनी सिमाना पार गर्ने घटना हुने गरेको दाबी गरेको छ।

हालै राष्ट्रपति ट्रम्पको व्यापक निर्वासन अभियानबीच दक्षिणी सिमानामा आप्रवासी पक्राउको दर १९६० दशकयताकै न्यूनतम अवस्थामा झरेको छ।

नयाँ निर्णयपछि सिमानाका लामो भू–भाग अमेरिकी सैन्य आधारहरूको प्रत्यक्ष निगरानीमा रहनेछन्। यसले सेनालाई गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेलाई पक्राउ गर्न अधिकार दिन्छ । यो सामान्यतया सेनालाई नागरिक कानून कार्यान्वयनमा प्रत्यक्ष संलग्न हुन नदिने कानूनी प्रावधानबाट छुट हो। यो कदम ट्रम्पले पदभार ग्रहण गरेको दिनै घोषणा गरिएको राष्ट्रिय आपतकालीन अवस्थाअन्तर्गत लागू गरिएको हो।

यसअघि न्यू मेक्सिको, टेक्सास र एरिजोनाका केही सिमाना भागहरूमा समान रणनीति लागू गरिएको थियो।

क्यालिफोर्नियामा घोषणा गरिएको नयाँ सैन्यीकृत क्षेत्र एरिजोनाको सिमानाबाट ओटाय माउन्टेन वाइल्डरनेससम्म फैलिएको छ, जसले इम्पेरियल भ्याली र टेकाटेसहितका बस्तीहरूलाई समेट्छ।

७,००० भन्दा बढी अमेरिकी सैनिक, हेलिकप्टर, ड्रोन तथा निगरानी उपकरणहरू हाल सिमानामा तैनाथ छन्।

अधिकारीहरूका अनुसार यी सैन्य क्षेत्रहरू मानव तस्करी, ड्रग कार्टेल र सिमाना सुरक्षा कमजोरीका बिन्दुहरूलाई नियन्त्रण गर्न आवश्यक छन्।

यसैबीच, एक संघीय न्यायाधीशले क्यालिफोर्नियामा ट्रम्प प्रशासनले तैनाथ गरेका नेशनल गार्ड सैनिकहरू राज्यको स्वीकृति बिना बोलाइएको भन्दै फिर्ता बोलाउन आदेश दिएका छन्। क्यालिफोर्निया राज्यले गभर्नर ग्याभिन न्युजमको सहमति बिना ४,००० भन्दा बढी सैनिक परिचालन गरिएको भन्दै मुद्दा दायर गरेको थियो।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment