क्यालिफोर्नियामा नेशनल गार्ड खटाउने ट्रम्प प्रशासनको आदेशमाथि न्यायाधीशको रोक



प्रकाशित मिति : भाद्र १६, २०८२ मंगलबार

क्यालिफोर्नियामा नेशनल गार्ड खटाउने ट्रम्प प्रशासनको आदेशमाथि न्यायाधीशको रोक

नेशनल गार्ड । फाइल तस्वीर

अमेरिकी संघीय न्यायाधीश चार्ल्स ब्रेयरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको क्यालिफोर्नियामा अपराध नियन्त्रणका लागि नेशनल गार्ड खटाउने आदेशलाई अस्थायी रूपमा रोक लगाएका छन्।

अमेरिकी जिल्ला अदालत, क्यालिफोर्निया नर्दर्न डिष्ट्रिक्टका लागि आदेश जारी गर्दै न्यायाधीश ब्रेयरले उक्त निर्णयलाई सेप्टेम्बर १२ सम्म रोकेका छन्। ट्रम्प प्रशासनले यो फैसलाविरुद्ध अपील गर्ने सम्भावना उच्च रहेको बताइएको छ।

ट्रम्पले यसअघि जून महिनामा लस एन्जलसमा व्यापक आप्रवासन छापामारीविरुद्ध भएको प्रदर्शनपछि ४,००० नेशनल गार्ड र ७०० सक्रिय अमेरिकी मरीन खटाउने आदेश दिएका थिए।

क्यालिफोर्नियामा नेशनल गार्ड खटाउने ट्रम्प प्रशासनको आदेशमाथि न्यायाधीशको रोक

उक्त तैनाथीले सहरमा राजनीतिक तनाव चुलाएको थियो। डेमोक्र्याट नेताहरूले ट्रम्पलाई कडा आलोचना गर्दै उनले कठोर आप्रवासन नीतिविरुद्धको विरोधलाई दबाउन सेनाको प्रयोग गरेको आरोप लगाएका थिए।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्यूसमद्वारा दायर मुद्दामा सैनिक खटाइले दीर्घकालीन अमेरिकी परम्परा र पोजी कोमिटाटस एक्ट नामक कानुन उल्लङ्घन भएको दाबी गरिएको छ। उक्त कानुनले संघीय सैनिकलाई भित्री कानुनी कार्यान्वयनमा प्रयोग गर्न कडाइका साथ रोक लगाएको छ।

न्यायाधीश ब्रेयरले मुद्दामा प्रस्तुत प्रमाणका आधारमा ट्रम्प प्रशासनले सैनिक र सैन्य सवारी प्रयोग गरी सुरक्षा घेराबन्दी बनाउने, सडक अवरुद्ध गर्ने र भिड नियन्त्रण गर्ने काम गरेको देखिएको उल्लेख गरेका छन्।

“संक्षेपमा, प्रतिवादीहरूले पोजी कोमिटाटस एक्ट उल्लङ्घन गरेका छन्,” न्यायाधीश ब्रेयरले आफ्नै मतमा लेखेका छन्।

तर, ट्रम्प प्रशासनका वकिलहरूले संविधानले राष्ट्रपतिलाई संघीय कर्मचारी र सम्पत्ति सुरक्षित गर्न सेनाको प्रयोग गर्ने अधिकार दिएको भन्दै यो कानुनी दायराभित्रै रहेको तर्क गरेका छन्।

क्यालिफोर्नियामा नेशनल गार्ड खटाउने ट्रम्प प्रशासनको आदेशमाथि न्यायाधीशको रोक

अगस्ट १३ मा सम्पन्न तीनदिने मुद्दामा, सैनिकहरूलाई संघीय अधिकारी र आप्रवासन एजेन्टलाई सहयोग गर्न खटाएपछि उनीहरूले गरेका गतिविधिबारे सुनुवाइ भएको थियो।

क्यालिफोर्नियाका अटर्नी जनरलका वकिलहरूले सैनिकहरूले प्रहरीको काम (जस्तैः सुरक्षा घेराबन्दी बनाउने, भीड नियन्त्रण गर्ने, दुई व्यक्तिलाई नियन्त्रणमा लिने) गरेको देखाउन प्रयास गरेका थिए। उनीहरूले यदि अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गर्‍यो भने “अमेरिकी समाजमा सेनाको भूमिकामा विशाल र अभूतपूर्व परिवर्तन आउनेछ” भनेर चेतावनी दिएका थिए।

तर, प्रशासनका वकिलहरूले सैनिकहरूले केवल संघीय एजेन्टलाई सम्भावित खतराबाट जोगाउने काम मात्र गरेको र कानुनी सीमा नाघेको छैन भन्ने तर्क गरेका थिए।

न्यायाधीश ब्रेयरले सैनिक नेताहरूलाई सुरक्षा आवश्यक पर्दा भन्ने निर्णय गर्ने अधिकारमा पर्याप्त सीमा नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

मुद्दा चल्दा पनि लस एन्जलसमा सयौँ सैनिक अझै खटिएका थिए। यद्यपि प्रदर्शनहरू शान्त भइसकेका थिए। प्रमाणअनुसार, ती सैनिकहरू गाँजा खेतीमाथि गरिएको छापामा सुरक्षा दिन र आप्रवासन एजेन्टले सञ्चालन गरेको अपरेसनका क्रममा प्रदर्शन रोक्न शक्तिको प्रदर्शनका लागि प्रयोग गरिएको थियो।

ट्रम्पले यसअघि वाशिङ्टन डी.सी.मा पनि अपराध नियन्त्रणका लागि नेशनल गार्ड खटाएका थिए। तर, ब्रेयरको यो निर्णयले त्यहाँ खासै प्रभाव पार्ने छैन। किनकी, राष्ट्रपतिलाई राज्यहरूको तुलनामा वाशिङ्टन डी.सी.मा नेशनल गार्ड प्रयोग गर्ने अधिकार बढी छ।





Source link

Leave a Comment