क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि, बुधबार दाहसंस्कारका लागि गोफण्डमी



प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि, बुधबार दाहसंस्कारका लागि गोफण्डमी

क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि भएको छ। केही दिनअघि क्यानडामा मृत भेटिएका नेपाली शान्त थापा भएको पुष्टि भएको हो। उनी मार्च ८ मा क्यानडाको टोरन्टोमा मृत भेटिएको एनआरएनए क्यानडाले जनाएको थियो।

उक्त घटनाको जानकारी प्राप्त भएपछि एनआरएनए क्यानडाका प्रतिनिधिले थापाको परिवार र स्थानीय प्रहरी प्रशासनसँग सम्पर्क गरी घटनाको विस्तृत विवरण लिएर आवश्यक सहयोग अगाडि बढाएका थिए। नेपालबाट परिवारले पार्थिव शरीरलाई क्यानडामै दाहसंस्कार गरी अस्तु नेपाल पठाइदिन आग्रह गरे बमोजिम थापाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि क्यानडाको ब्राम्प्टनस्थित क्रिमेशन सेन्टरमा राखिएको छ।

क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि, बुधबार दाहसंस्कारका लागि गोफण्डमी

क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि, बुधबार दाहसंस्कारका लागि गोफण्डमी

क्यानडामा मृत भेटिएका नेपाली युवा शशान्त थापा भएको पुष्टि, बुधबार दाहसंस्कारका लागि गोफण्डमी

अन्तिम संस्कारका साथै अस्तु नेपाल पठाउन आवश्यक खर्च जुटाउन परिवारको अनुरोध र अनुमतिअनुसार आर्थिक सहयोग संकलनका लागि “गोफन्डमी” सुरु गरिएको छ। थापाको आत्माको चिरशान्तिको कामना गर्दै यस विषम परिस्थितिमा आर्थिक सहयोग गरी साथ दिन सबैमा अनुरोध गरिएको छ।

गोफण्डमीमार्फत सहयोग गर्न यहाँ क्लीक गर्नुहोला ।

१० हजार क्यानेडियन डलरको लक्ष्यसहित सुरु गरिएको गोफन्डमीमा यो समाचार तयार पार्दासम्म २,३३७ डलर संकलन भइसकेको छ। अन्तिम संस्कार मार्च १९, बुधबार बेलुका ५ बजे ब्राम्प्टनमा हुने तय भएको छ। त्यसअघि बुधबार दिउँसो ४ बजे अन्तिम श्रद्धाञ्जलिको कार्यक्रम राखिएको छ।





Source link

Leave a Comment