क्यानडामा भएको कार आक्रमणमा ११ जनाको मृत्यु, मृतकको संख्या बढ्ने अनुमान



प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

क्यानडामा भ्यानकुभरको फिलिपिनो समुदाय शनिबार राति एक भयानक कार आक्रमणपछिको शोकमा डुबेको छ ।

लापु लापु महोत्सवको बेला भएको यस आक्रमणमा ११ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । फिलिपिनो संस्कृति र राष्ट्रिय वीर लापु लापुको सम्झनामा मनाइने यो वार्षिक महोत्सवमा हजारौं मानिस सहभागी थिए ।

आक्रमण शनिबार स्थानीय समय अनुसार बेलुका सवा ८ बजे भएको हो। घटनामा ज्यान गुमाएका व्यक्तिहरूको उमेर पाँच वर्षदेखि ६५ वर्षसम्मको रहेको प्रहरीले जानकारी दिएको छ ।

क्यानडामा भएको कार आक्रमणमा ११ जनाको मृत्यु, मृतकको संख्या बढ्ने अनुमान

क्यानडामा भएको कार आक्रमणमा ११ जनाको मृत्यु, मृतकको संख्या बढ्ने अनुमान

घाइतेहरूमा केहि गम्भीर अवस्थाका पनि छन् । त्यसले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। घटनापछि ३० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यो आतंकवादी आक्रमण नभएको स्पष्ट पारेको छ।

भ्यानकुभरका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रायले यसलाई शहरको इतिहासमै सबैभन्दा अँध्यारो दिन भनेका छन् । उनका अनुसार घटनास्थलमा सुरक्षा तयारी गरिएको भए पनि, आक्रमण भएको क्षेत्रमा सुरक्षा बारहरू थिएनन्।

प्रधानमन्त्री मार्क कार्नीले आक्रमणपछि क्याल्गेरी र रिचमण्डमा हुने आफ्ना चुनावी कार्यक्रमहरू रद्द गरेका छन् ।

भ्यानकुभरको भ्रमण गर्ने बताएका छन्। विपक्षी नेता पियरे पोलीभ्रेले पनि आक्रमणप्रति दुःख व्यक्त गर्दै टोरन्टो नजिकैको एक चर्चमा फिलिपिनो समुदायसँग भेट गरेका छन्।

ब्रिटिश कोलम्बियाका एनडीपी नेता डेविड ईबी, संघीय नेता जगमीत सिंह लगायतका नेताहरूले आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

क्यानडामा भएको कार आक्रमणमा ११ जनाको मृत्यु, मृतकको संख्या बढ्ने अनुमान

यो हमला भ्यानकुभरको फिलिपिनो समुदायमाथि गहिरो चोट लाग्ने गरी भएको छ । शहरमा सुरक्षा रणनीतिहरूमा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment