क्यानडामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई दूतावासका थप ७ सुझाव

क्यानडामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई दूतावासका थप ७ सुझाव



प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार

क्यानडामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई दूतावासका थप ७ सुझाव

क्यानडामा रहेको नेपाली राजदूतावासले क्यानडामा अध्ययनका लागि आउने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न आवश्यक सुझाव र जानकारीहरू प्रदान गरेको छ। आगामी शैक्षिक सत्रको तयारी गरिरहेका विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज बनाउनका लागि दूतावासले विभिन्न विषय हरूमा विशेष ध्यान दिन सुझाव दिएको हो ।

दूतावासले यसअघि २०७८ वैशाख १७ गते जारी गरेको जानकारीमूलक सूचनालाई राम्ररी अध्ययन गरेर मात्र क्यानडा आउने तयारी गर्न आग्रह गरेको छ। विद्यार्थीहरूले आफूले अध्ययन गर्न लागेको कलेज, विषय, लाग्ने खर्च, र कलेज अवस्थित शहरको बारेमा पर्याप्त अनुसन्धान गरी जानकारी प्राप्त गरेर आउनु पर्नेमा दूतावासले जोड दिएको छ।

पूर्ण तयारी नगरी क्यानडा आएमा विद्यार्थीहरूले विभिन्न समस्याहरू सामना गर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ। दूतावासले क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर विद्यार्थीहरू, र नेपाली डायस्पोराका संघसंस्थाहरूबाट आवश्यक जानकारी संकलन गरेर मात्र क्यानडा आउन सुझाएको छ। क्यानडामा आवासको उपलब्धता, रोजगारीका सम्भावना, र अध्ययनको तौरतरिकाबारे अग्रिम जानकारी लिनुपर्नेमा दूतावासले ध्यानाकर्षण गराएको छ।

अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास, र बस्ने-खाने खर्चको उचित व्यवस्था गरेर मात्र क्यानडा पठाउनु पर्नेमा दूतावासले चेतावनी दिएको छ। क्यानडामा तुरुन्तै रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरूले समस्यामा परेका उदाहरणहरू पनि प्रस्तुत गरिएको छ ।

क्यानडामा विद्यार्थीहरूको संख्या बढेसँगै आवास र रोजगारीका अवसरमा चाप परेकोले बसोबासको व्यवस्था पहिले नै सुनिश्चित गर्न दूतावासले सुझाएको छ। साथै सोसियल मिडियामा भएका विज्ञापनका आधारमा अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने जोखिमबारे पनि दूतावासले सचेत रहन आग्रह गरेको छ।

क्यानडाको हावापानी शीत ऋतुमा अत्यन्त चिसो हुने हुँदा सो ठाँउँको हावापानीबारे पूर्वजानकारी लिई आवश्यक तयारी गर्न पनि दूतावासले सुझाएको छ। युवा विद्यार्थीहरूले क्यानडामा पुगेर अध्ययनका अतिरिक्त अन्य सबै दैनिक कामहरू गर्नुपर्ने भएकाले पकाउने, सरसफाई, किनमेल, र आवतजावत जस्ता विषयमा पूर्वजानकारी लिई तयारी गर्न दूतावासले आग्रह गरेको छ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School