क्यानडाको टोरन्टोमा नेपाली क्रियटर मेला हुने, दर्ता अवधि जारी



प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

क्यानडाको टोरन्टोमा नेपाली क्रियटर मेला हुने, दर्ता अवधि जारी

तस्वीर एआईबाट निर्माण गरिएको हो ।

मानभी फाउण्डेशनले क्यानडामा बसोबास गर्ने नेपाली समुदायका लागि ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ को घोषणा गरेको छ। यो कार्यक्रम विशेष रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवाहरू, तथा क्यानडामा बस्ने सबै नेपालीहरूलाई सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्न तयार गरिएको आयोजकले जानकारी दिएका छन् ।

मानभी स्टुडियोज स्थापना गरेको एक वर्षपछि स्थापित मानभी फाउण्डेशनले उत्सवमा प्रतिभाहरूले निःशुल्क दर्ता गरी सहभागिता जनाउन सक्ने जानकारी दिएको छ । क्यानडामा नेपालीहरूको संख्या बढ्दै गएसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। जहाँ यो कार्यक्रमले एउटा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ।

कार्यक्रममा नृत्य, गायन, फोटोग्राफी, भिडियो निर्माण, कविता, कला, संगीत, लगायत विभिन्न विधामा रुचि राख्ने नेपालीहरूले अनलाइन मार्फत सहभागी हुन सक्नेछन्। अनलाइन सहभागिताका लागि जुन २५ देखि निशुल्क दर्ता अवधि सुरु भइसकेको छ ।

क्यानडाको टोरन्टोमा नेपाली क्रियटर मेला हुने, दर्ता अवधि जारी

क्यानडाको टोरन्टोमा नेपाली क्रियटर मेला हुने, दर्ता अवधि जारी

दर्ताका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रतिस्पर्धाको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले भर्चुअल रूपमा गर्ने भएका छन् । कार्यक्रमको ग्रान्ड फिनाले भने टोरन्टोमा प्रत्यक्ष रूपमा आयोजना गरिनेछ, जहाँ प्रतिभाहरूले आफूलाई मञ्चमा प्रस्तुत गर्ने मौका पाउनेछन्।

क्यानडाको टोरन्टोमा नेपाली क्रियटर मेला हुने, दर्ता अवधि जारी

https://www.youtube.com/watch?v=videoseries

यो केवल प्रतिस्पर्धा मात्र नभई, सांस्कृतिक एकता, प्रतिभा अभिव्यक्ति र नयाँ सञ्जाल निर्माण गर्ने एक सुनौलो अवसर रहेको मानभी फाउण्डेशनका विधान कार्कीले जानकारी दिएका छन् । कार्कीले सबै नेपालीहरूलाई आ–आफ्नो कला प्रस्तुत गर्न र अन्य सिर्जनात्मक व्यक्तिहरूसँग भेटघाट गर्न आग्रह गरेका छन् ।





Source link

Leave a Comment