क्यानडाका प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा



प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार

क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।

बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई आइतबार करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेको मतपरिणाम सार्वजनिक भएपछि लिबरल पार्टीको नयाँ नेताको रूपमा उहाँलाई नै चयन गरिने अपेक्षा गरिएको छ ।

अर्को मुख्य प्रतिद्वन्द्वी ट्रुडोकी पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड रहनुभएको छ । उहाँ सन् २०१५ मा पहिलो पटक निर्वाचित भएको लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पदहरू सम्हाल्नुभएको छ ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा

क्यानडाका प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा

दुई सम्भावित उम्मेदवारमध्ये जसले जित्छ उसले ट्रुडोबाट प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछ तर नयाँ नेतृत्वले चाँडै नै आम चुनावको सामना गर्नुपर्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीलाई जित्नका कम लोकप्रिय व्यक्तिका रूपमा देखाएका छन्।

कार्नीले ट्रुडोको क्याबिनेटका अधिकांश सदस्यहरूको समर्थन प्राप्त गरेका छन् र फ्रिल्याण्डको जीत आम चुनावतर्फ अघि बढिरहेका लिबरलहरूको लागि एक झट्का हुनेछ ।

डिसेम्बरमा नाटकीय रूपमा प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भए तापनि विश्लेषकहरूका अनुसार मतदाताहरूले अझै पनि फ्रिल्यान्डलाई ट्रुडोको अलोकप्रिय रेकर्डसँग जोडेका छन् ।

कार्नी र फ्रिल्याण्ड दुवैले ट्रम्पको आक्रमणबाट क्यानडाको रक्षाका लागि आफू नै सबैभन्दा उत्तम उम्मेदवार भएको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने विषयमा बारम्बार बोल्नुभएको छ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा





Source link

Leave a Comment