कोसी सरकार पनि ढल्दै, माओवादीले फिर्ता बोलाउँदै आफ्ना मन्त्री

कोसी सरकार पनि ढल्दै, माओवादीले फिर्ता बोलाउँदै आफ्ना मन्त्री


कोसी प्रदेशमा छैटौँ सरकार गठनको तयारी सुरु भएको छ। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै कोसी प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको हो।

आइतबार साँझ गठबन्धनमा आबद्ध प्रमुख दलहरू नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूबिच नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो।

छलफल सकारात्मक भएको नेताहरूको प्रतिक्रिया छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकार परिवर्तनका विषयमा छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

आज पनि दलहरूबिच छलफल भइरहेको र आजै केही निष्कर्ष निस्कनेसमेत  भण्डारीले दाबी गरे। उनले नागरिकन्यूजसँग भने, ‘दलहरूबिच सरकार परिवर्तनका विषयमा घनिभूत छलफल भइरहेको छ। आजै बेलुकासम्मका निष्कर्ष निस्कन सक्छ।’

केन्द्रीय सहमति अनुसार कोसी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने छ। सोही अनुसार एमालेले सरकार छाड्न माओवादी र एकीकृत समाजवादीलाई दबाब दिँदै आएको छ। 

माओवादी संसदीय दलको आकस्मिक बैठक बस्दै 

नेकपा माओवादी कोसी संसदीय दलको आकस्मिक बैठक विराटनगरमा बस्दै छ। संभवत बैठकले आजै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सम्भावना रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ।

पर्यटन, वन तथा वातावरण मन्त्री तथा माओवादी केन्द्रका नेता गणेश उप्रेतीले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए। उप्रेतीले बैठकको एजेन्डाबारे स्पष्ट नभए पनि संसदीय दलका नेताले बैठकमा अनिवार्य उपस्थितिका लागि बोलाएको र आफूहरू सोही बैठकमा जान लागेको जानकारी दिएका हुन।

‘संसदीय दलका नेताले दलको बैठकमा अनिवार्य उपस्थितिका लागि बोलाउनुभएकाले हामी त्यही बैठकमा जाँदैछौं’, उप्रेतीले भने, ‘बैठकको एजेन्डाबारे भने आफूहरूलाई केही बताइएको छैन।’

एमालेले संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत पुर्‍याउने सांसदको नेतृत्वमा गठन भएको सरकारको विकल्पमा सोही धारा अनुसार बहुमत पुर्‍याउने अर्का सांसदले दाबी गर्न पाउने जिकिर गर्दै आएको छ।

यता मुख्यमन्त्री केदार कार्कीले भने धारा १६८ को उपधारा ५ को सरकार अन्तिम भएकाले त्यो सरकार अल्पमतमा परेको अवस्थामा संविधानको धारा १६८को उपधारा ७ अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचन हुने दाबी गर्दै आएका छन्। 

प्रकाशित: २६ चैत्र २०८० १४:२२ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School