कोशीले जित्यो वडा स्तरीय क्रिकेटको उपाधि

कोशीले जित्यो वडा स्तरीय क्रिकेटको उपाधि


वीरगन्ज महानगरपालिका वडा नं-१० वडा समितिको कार्यालयद्वारा आयोजित दोस्रो वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी टिमले जितेको छ।

ठाकुरराम कलेजको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बागमती टिमलाई ९ विकेटले हराउँदै कोशीले उपाधि उचालेको हो।

आज भएको फाइनल खेलमा बागमतीले २० ओभरको खेलमा १ सय ४८ रन बनाएको थियो। टस हारेर ब्यटिङ्गको निम्तो पाएको बागमतिका लागि बिक्की गुप्ताले सर्वाधिक ३९ रन बनाए।

त्यस्तै, अनमोल गुप्ताले ४ रन, विनोद कानुले १८ रन, करण पटेलले ३५ रन, शुभम् गुप्ताले १६ रन, आनन्द गुप्ताले ९ रन, राहुल कानुले १ रनको योगदान दिए।

१ सय ४९ रनको लक्ष्य पाएका कोशीका लागि ओपनर राहुल साहले नटआउट सर्वाधिक ६१ रनको योगदान दिए। त्यसैगरी सुमन साहले ५१ रन र सागर साहले ३५ रन जोडेर टिमलाई जितसम्म पुर्‍याए।

बलिङमा कोशीका लागि सन्नी साहले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए। त्यसैगरी आनन्द जितले ४ ओभरमा ४३ रन, आनन्द गुप्ताले ४ ओभरमा २७ रन खर्चेका थिए। सूर्य चौधरीले २ ओभरमा २२ रन खर्चे।

टिम कोशीका ओपनर ब्याट्सम्यानले शतकीय साझेदारी गरि आफ्नो टिमको जित सुनिश्चित पारे। आजको खेलमा राहुल साह म्यान अफ दि म्याच घोषित भए।

प्रकाशित: ३ चैत्र २०८० २१:२८ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School