कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका शर्त मानेको भन्दै अन्तरिम अध्यक्षद्वारा राजीनामा



प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार

कोलम्बिया विश्वविद्यालयका अन्तरिम अध्यक्ष क्याटरीना आर्मस्ट्रङ्गले राजीनामा दिएकी छन । विश्वविद्यालयले ट्रम्प प्रशासनका मागहरू पूरा गर्नका लागि केही नीतिहरू परिवर्तन गर्ने सहमति जनाएको एक साता भित्र मै आएको छ ।

आर्मस्ट्रङ्गले अगस्ट महिनामा विश्वविद्यालयको नेतृत्व सम्हालेकी थिइन । इजराइलको सैनिक कारबाहीविरुद्धका विरोध प्रदर्शनको व्यवस्थापन गर्न नसकेको भन्दै मौजुदा अध्यक्षले राजीनामा दिएपछि आर्मस्ट्रङ्गले नेतृत्व सम्हालेकी थिइन ।

कोलम्बिया विश्वविद्यालय डोनाल्ड ट्रम्प प्रशासन निशानामा परेको छ । विश्वविद्यालयहरूलाई एण्टीसेमिटिज्म र यहूदी विद्यार्थीहरूको उत्पीडन सहन गरेको आरोप प्रशासनले लगाउदै आएको छ ।

कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका शर्त मानेको भन्दै अन्तरिम अध्यक्षद्वारा राजीनामा

कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका शर्त मानेको भन्दै अन्तरिम अध्यक्षद्वारा राजीनामा

ट्रम्पले यस विश्वविद्यालयको लगभग ४०० मिलियन डलर को संघीय कोष रोक्ने धम्की पनि दिएको थियो । प्रशासनको धम्कीपछि विश्वविद्यालयहरुले विरोधहरूमा संलग्न व्यक्तिहरूलाई निर्वासन गर्ने योजना बनाएका छन् ।

कोलम्बिया विश्वविद्यालयले शुक्रबार विज्ञप्तिमा जारी गर्दै क्याटरीना आर्मस्ट्रङ्ग आफ्नो अघिल्लो भूमिका अर्थात मेडिकल केन्द्रको नेतृत्वमा फर्किने बताएकोछ ।
सहअध्यक्ष क्लेयर शिपम्यानलाई विश्वविद्यालयको कार्यवाहक अध्यक्षको रूपमा नियुक्त गर्ने तयारी भएको छ ।

विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीजका अध्यक्ष डेविड जे ग्रीनवाल्डले डॉक्टर आर्मस्ट्रङ्गले ठूलो अनिश्चितताको समयमा अन्तरिम अध्यक्षको रूपमा विश्वविद्यालयको जिम्मेवारी सम्हालेको भन्दै प्रशंसा गरेका छन ।

गत हप्ता कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका केही मागहरू स्वीकार गरेको थियो । प्रदर्शनहरूमा अनुहारका मास्कहरू प्रतिबन्ध लगाउने र केही शैक्षिक कार्यक्रमहरूको निगरानीमा परिवर्तन गर्नुपर्ने ट्रम्प प्रशासनका मागहरु विश्वविद्यालयले स्वीकार गरेको थियो ।

ट्रम्प प्रशासनले रोकेको कोष पुनः पुनर्स्थापित हुने स्पष्ट भइसकेको छैन । तर यद्यपि विश्वविद्यालयका केही प्राध्यापकहरूले भने कटौतीको विरोध गर्दै मुद्दा दायर गरेका छन् ।
न्यूयोर्कको यो कलेज गत वर्ष गाजा युद्ध र इजराइलका लागि अमेरिकी समर्थनविरुद्ध भएका प्रर्दशनको केन्द्रमा रहेको थियो ।

कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनका शर्त मानेको भन्दै अन्तरिम अध्यक्षद्वारा राजीनामा





Source link

Leave a Comment