कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी चंगलाई पक्राउ नगर्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश



प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

अमेरिकामा संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २१ वर्षीया कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी युनसेयो चंगलाई पक्राउ र डिपोर्ट गर्नका लागि रोक लगाएका छन ।

ट्रम्प प्रशासनले यसै महिना चंगलाई पक्राउ गर्न प्रयास गरेको थियो । ट्रम्प प्रशासनले चंगलाई पक्राउ गर्न गरेको प्रयासका बिरुद्ध उनका वकिलहरूले दायर गरेको मुद्दामा मंगलबार संघीय न्यायाधीशले पक्राउ गर्न र डिर्पोट गर्न गरेका प्रयासहरुलाई रोक्न आदेश दिएका हुन ।

न्यायाधीश नाओमी बुचवाल्डले म्यानहट्टन संघीय अदालतमा भएको सुनुवाइको क्रममा चंगले समुदायका लागि कुनै खतरा उत्पन्न नगराएको र विदेश नीति सम्बन्धी कुनै पनि जोखिम उत्पन्न नगराएको तथा कुनै आतंकवादी संगठनसँग पनि सम्पर्क नगरेकाले पक्राउ र डिर्पोट आवश्यक नरहेको बताइन ।

कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी चंगलाई पक्राउ नगर्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश

कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी चंगलाई पक्राउ नगर्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश

चंग अमेरिकी स्थायी वासिन्दा हुन्। उनी कोलम्बिया क्याम्पसमा भएका प्रदर्शनहरूमा पनि प्रमुख सहभागी नरहेको देखिन्छ ।

७ वर्षको उमेरमा दक्षिण कोरियाबाट अमेरिका आइकी हाई स्कूल भ्यालेडिक्टोरियन चंगलाई संघीय एजेण्टहरूले हिरासतमा लिएका भने छैनन् । उनका वकिलहरूले उनी रहेको स्थानबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

चंगले मंगलबार साँझ न्यायाधीशको निर्णयको प्रति खुशी व्यक्त गरेकी छन । पछिल्ला केहि हप्ता लगातार चिन्तामा रहेपनि न्यायाधीशको आदेशले सन्तोष दिलाएको उनको प्रतिकृया छ ।

उनले कोलम्बिया विश्वविद्यालयका प्राध्यापकहरू, विद्यार्थीहरू र कर्मचारी सदस्यहरूले आफुलाई हरेक मोडमा शक्ति दिएका उल्लेख गरेकी छन ।

ट्रम्प प्रशासनले चंगलाई डिटेन र डिपोर्ट गर्नका लागि एक दुर्लभ कानूनी प्रावधान प्रयोग गरेको छ । चंगको उपस्थितिले अमेरिकी सरकारको विदेश नीतिको उद्देश्यलाई असर गरेको सरकारले दावी गरेको छ ।

कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी चंगलाई पक्राउ नगर्न ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशको आदेश

न्यायाधीश बुचवाल्डले दिएको आदेशमा यदि सरकार चंगलाई अर्को प्रावधानको आधारमा पक्राउ गर्न खोज्छ भने, पहिले नै उचित जानकारी प्रदान गर्नुपर्नेछ भनिएको छ ।

विदेशमन्त्री मार्को रुबियोले महमूद खलीलको गिरफ्तारी पछि चंगको सन्र्दभमा पनि समान तर्क प्रस्तुत गरेका थिए । महमूद खलीललाई लुइसियानाको हिरासतमा राखिएको छ ।





Source link

Leave a Comment