कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टिनी समर्थक थप विद्यार्थी पक्राउ



प्रकाशित मिति : चैत्र १, २०८१ शनिबार

अमेरिकी आप्रवासन प्राधिकरणले कोलम्बिया विश्वविद्यालयमा गत वर्षको प्यालेस्टिनीहरुको समर्थन गर्दै विरोध प्रदर्शनमा सहभागी दोस्रो कार्यकर्तालाई गिरफ्तार गरिएको घोषणा गरेको छ ।

पश्चिमी किनाराका प्यालेस्टिनी लेखा कर्डियालाई न्यु जर्सीमा पक्राउ गरिएको अमेरिकी गृहमन्त्री मन्त्रालयले जानकारी दिएको छ ।

अर्को विद्यार्थी भारतीय रञ्जानी श्रीनिवासन भने यसै हप्ताको सुरूवातमा स्वेच्छाले स्वदेश फर्किने निर्णय गरेको मन्त्रालयले बताएको छ ।

कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टिनी समर्थक थप विद्यार्थी पक्राउ

कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टिनी समर्थक थप विद्यार्थी पक्राउ

यो घटनाले कोलम्बिया विश्वविद्यालयका कार्यकर्ता महमुद खलीलको गिरफ्तारीपछि आएको हो । उनलाई शनिबार न्यूयोर्कमा पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई लुइजियाना स्थित जेलमा पठाइएको छ ।

डीएचएसका अनुसार कर्डियाको विद्यार्थी भिसा २०२२ मा उपस्थितिको कमी भएको कारण देखाउदै रद्द गरिएको थियो । उनले कोलम्बियामा अध्ययन गर्दै थिइन् कि अरु कुनै संस्थामा भन्ने कुरा उल्लेख नगरिएको देखिन्छ ।

उनलाई अप्रिल २०२४ मा कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनमा भाग लिँदा गिरफ्तार गरिएको थियो । रञ्जानी श्रीनिवासन कोलम्बिया विश्वविद्यालयमा शहरी योजना विभागकी पीएचडी विद्यार्थी थिइन् । उनको भिसा ५ मार्चमा रद्द गरिएको छ ।

गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले अमेरिकामा अध्ययन र बसोबास गर्ने भिसा प्राप्त गर्नु विशेषाधिकार भएको बताएका छन । तर हिंसा र आतंकवादको पक्षमा वकालत गरेमा त्यो विशेषाधिकार रद्द हुने र अमेरिकामा बस्न नपाइने मन्त्री नोएमले बताए ।

ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयबाट ४०० मिलियन डलरको संघीय अनुदान फिर्ता लिएको छ ।

कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टिनी समर्थक थप विद्यार्थी पक्राउ

विश्वविद्यालयमा रहेका यहुदी विद्यार्थीहरुमाथि दुरव्यवहार हुँदा विश्वविद्यालयले नजरअन्दाज गरेको र प्यालेस्टिनी समर्थकलाई सघाएको आरोप ट्रम्प प्रशासनले लगाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School