प्रकाशित मिति : असार २९, २०८१ शनिबार
उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थान प्राप्त गरेको छ ।
यो उसको लगातार प्रतियोगिता तेश्रो स्थान हो । अमेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो ।
उरुग्वे सेमिफाइनलमा कोलम्बियासंग पराजित भएको थियो । क्यानडालाई अर्जेन्टिनाले हराएको थियो । सेमिफाइनलमा पराजित दुबै टोलीले तेश्रो स्थानका लागि प्रतिश्पर्धा गरेका थिए ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
अग्रता उरुग्वेले लिएपनि जोगाउन असफल भयो । एक समय पछि परेको अवस्थामा अतिरिक्त समयका दोस्रो मिनेटमा लुईस सुवारेजले गोल गर्दै खेल पेनाल्टीमा लगेका थिए ।
जसमा उरुग्वेका चार वटै पेनाल्टी गोलमा परिणत हुँदा क्यानडाका ३ खेलाडीको मात्रै बल गोलमा परिणत भयो ।
कोपा अमेरिकाको उपाधिका लागि सोमबार विहान अर्जेन्टिना र कोलम्बिया आमने सामने हुने छन् ।