कोपा अमेरिका फुटबल : अर्जेन्टिना लगातार उपाधि कव्जा गर्ने योजनामा , कोलम्वियाले रोक्न सक्ला ?



प्रकाशित मिति : असार ३०, २०८१ आईतबार

कोपा अमेरिका फुटबल प्रतियोगिताको ४८ औं संस्करणको फाइनल खेल सोमबार बिहान हुँदैछ। विश्व फुटबलको सर्वाधिक पुरानो महादेशीय प्रतियोगिता नेपाली समय अनुसार सोमबार बिहान पौन ६ बजे सुरु हुनेछ ।

खेलमा अर्जेन्टिना आफूसँगै हारेयता अपराजित रहेको कोलम्बियालाई पुन एकपटक आफ्नै हातबाट हराउँदै २८ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउने प्रयास गर्ने छ।

यो फाइनलले अर्जेन्टिनी स्टार लियोनेल मेसीको कीर्तिमानी यात्रामा अर्को इँटा थप्ने छ या कोलम्बियाले मेसीको कीर्तिमानमा ब्रेक लगाउने छरु यस्को जवाफ पनि दिनेछ ।

अर्जेन्टिनाको कोलम्बियासँग बलियो इतिहास छ। यी दुई टोलीबिच भएका कुल ४२ खेल हुँदा अर्जेन्टिना २५ खेलमा विजयी भएको छ। कोलम्बियाले ९ खेलमा जितको छ।८ खेल बराबरीमा सकिएको छ।

अर्जेन्टिनाले फाइनल प्रवेश गर्ने क्रममा क्यानडालाई २-० ले हराएर लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। त्यस्तै कोलम्बियाले भने बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई १(० ले हराएर उपाधि नजिक पुगेको हो।

कोपा अमेरिका फुटबल : अर्जेन्टिना लगातार उपाधि कव्जा गर्ने योजनामा , कोलम्वियाले रोक्न सक्ला ?

यो फाइनल अर्जेन्टिनी स्टार खेलाडी एन्जल डि मारियाका लागि उतिकै महत्वपूर्ण छ। किनकी यहि फाइनलबाट डि मारियाले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअर अन्त गर्दै छन्। मेसी सन् २०२४ मा फेरि अर्को उपाधि नजिक छन्।

अर्जेन्टिना कोपा अमेरिका फुटबलमा सबैभन्दा सफल टिममध्ये एक हो । अर्जेन्टिनाले अहिलेसम्म १५ पटक उपाधि जितेको छ ।

यस्तै उरुग्वे पनि त्यति नै पटक विजेता बनेको छ । कोलम्बियाले भने सन् २००१ मा उपाधि जितेको थियो ।

कोपा अमेरिका फुटबल : अर्जेन्टिना लगातार उपाधि कव्जा गर्ने योजनामा , कोलम्वियाले रोक्न सक्ला ?





Source link

Leave a Comment